धार्मिक कार्यक्रममा भाग लिन आएका १३ इण्डोनेशियाली नागरिकलाई फर्काइयो « Khabarhub

धार्मिक कार्यक्रममा भाग लिन आएका १३ इण्डोनेशियाली नागरिकलाई फर्काइयो


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- सप्तरी जिल्लामा भएको धार्मिकसभामा भाग लिन आएका १३ इण्डोनेशियाली नागरिकलाई महालक्ष्मी र गोदावरी नगरपालिकाबाट फिर्ता पठाइएको छ ।

कोभिड–१९ का कारण मुलुकमा लकडाउन चलिरहेको अवस्थामा गत चैत १९ गते बिनाजानकारी उनीहरु महालक्ष्मी–४ इमाडोलको अजिजिया मद्रसा मस्जिदमा आइ बसेकामा महालक्ष्मी र गोदावरीका स्थानीयले विरोध गरेसँगै फिर्ता पठाइएको हो ।

कोरोनाको जोखिम हटाउन महालक्ष्मीले बिहीबार दिउँसो ४ बजे उनीलाई मस्जिदबाट पठाइएसँगै गोदावरी–३ टौखेलको गोदावरी भिलेज रिसोर्टमा प्रहरीले ल्याई राखिदिएको जानकारी यहाँका स्थानीयले पाएसँगै राति साढे १० बजे यहाँबाट पनि फिर्ता पठाइएको छ ।

यी नागरिकलाई सप्तरीबाट काठमाडौँ बालाजु हुँदै महालक्ष्मी नगर क्षेत्र ल्याउने व्यक्ति वा निकायको छानबिन गरी सत्यतथ्य जनसमक्ष सार्वजनिक गर्न महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर क्षेष्ठले अपिल गरेका छन् ।

यी १३ नागरिक गत सन् २०२० जनावरी २१ मा इण्डोनेशियाबाट तबलिकी जमात अर्थात् मुस्लिम धर्म प्रचार समूहमार्फत काठमाडौँको जामे मस्जिदमा आइ बसेका थिए ।

त्यसपछि फ्रेबु्रअरी–१३ तारिखमा सप्तरीको रुपनी बजारमा तीन दिन इस्तिमा कार्यक्रम सहभागी भई गत चैत १८ गते सप्तरीको धार्मिक यात्राबाट फर्की चैत १९ गते काठमाडौँको बालाजु माछापोखरी मस्जिद बस्न खोज्दा त्यहाँका स्थानीयवासीले विरोध गरेपछि स्थानीय प्रहरीले मस्जिदका पदाधिकारीसँग सल्लाहमा गरी इमाडोल ल्याइएको जनाइएको छ ।

इमाडोलवासीले पनि कोरोना त्रासका कारण विरोध गरेपछि चैत २० गते दिउँसो रिसोर्टमा ल्याइराखिएको ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईले जानकारी दिए । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ९ : २८ बजे

एकताको सन्देश दिन राष्ट्रिय झण्डासहित सद्भाव र्‍याली (तस्बिरहरू)

बुटवल– दुई फरक समुदायबीच भएको हिंसात्मक झडपले सुनसरी अस्तव्यस्त बनिरहँदा बुटवलमा

वालेन्द्र शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका वालेन्द्र शाह सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ

एउटा प्रश्न : ‘यो देशका प्रधानमन्त्री वालेन्द्र हुन् कि रवि लामिछाने ?’

काठमाडौं- सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि देशको

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौं– विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए । विद्यालय