भरतपुर अस्पतालमा उच्च ज्वरो आएकी एक बिरामीको मृत्यु « Khabarhub

भरतपुर अस्पतालमा उच्च ज्वरो आएकी एक बिरामीको मृत्यु


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवनको भरतपुर अस्पतालमा उच्च ज्वरो र निमोनियाकी एक बिरामीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुली घर भएक २६ वर्षीया उषाकुमारी राई भएकी जनाइएको छ ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीका अनुसार राई हेटौंडाबाट रेफर भएर अस्पताल भर्ना हुन आइपुगेकी थिइन् ।

बिहीबार राति १ बजेतिर भरतपुर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी राईको पछि सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार शुरु गरिएको थियो ।

तर, उपचारकै क्रममा राईको मृत्यु भएको तिवारीले जानकारी दिए ।

राईको कोरोना संक्रमणको आशंका स्वाव संकलन गर्ने तयारी भइरहेको तिवारीले जानकारी दिए । अहिले उनको शव अस्पतालमै राखिएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  १० : १४ बजे

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत