लकडाउनमा ‘धुर्मुस सुन्तली’ को क्वारेन्टाइनबाटै व्यङ्ग्य « Khabarhub

लकडाउनमा ‘धुर्मुस सुन्तली’ को क्वारेन्टाइनबाटै व्यङ्ग्य


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हास्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरे यतिबेला सेल्फ क्वारेन्टाइनमा छन् । क्वारेन्टाइनमा रहेका धुर्मुस सुन्तलीले भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गरिरहेका हुन्छन् ।

हालै धुर्मुसले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गरेका छन् । जाइफूलको बासना बोलको गीतमा व्यङ्ग्य गर्दै गाइएको धुर्मुस र सुन्तलीले गाएको गीतमा सीमामा अलपत्र परेका नेपालीलाई ल्याउन अनुरोध गरिएको छ ।

हाम्रो सरकार के गर्दै बस्या छन्
मजदुर जति सीमामा बस्या छन्

जाइफूलको बासना
उद्धार गरी क्वारेन्टाइनमा राख न

उनीहरुले भिडियोमार्फत सरकारलाई बलियो भएर अगाडि बढ्न पनि अनुरोध गरेका छन् । यस्तै गरीबलाई रासन दिनुपर्ने र भष्ट्राचारलाई कडा शासन लगाउनुपर्ने समेत बोलेका छन् । धुर्मुस सुन्तलीले कोरोनाले सबै नेपालीलाई एक जुट हुन सिकाएको पनि गीतमार्फत बताएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  १२ : ३० बजे

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर– कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की– कास्कीको पोखरा महानगरपालिका- ३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट