लकडाउनमा ‘धुर्मुस सुन्तली’ को क्वारेन्टाइनबाटै व्यङ्ग्य « Khabarhub

लकडाउनमा ‘धुर्मुस सुन्तली’ को क्वारेन्टाइनबाटै व्यङ्ग्य


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हास्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरे यतिबेला सेल्फ क्वारेन्टाइनमा छन् । क्वारेन्टाइनमा रहेका धुर्मुस सुन्तलीले भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गरिरहेका हुन्छन् ।

हालै धुर्मुसले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गरेका छन् । जाइफूलको बासना बोलको गीतमा व्यङ्ग्य गर्दै गाइएको धुर्मुस र सुन्तलीले गाएको गीतमा सीमामा अलपत्र परेका नेपालीलाई ल्याउन अनुरोध गरिएको छ ।

हाम्रो सरकार के गर्दै बस्या छन्
मजदुर जति सीमामा बस्या छन्

जाइफूलको बासना
उद्धार गरी क्वारेन्टाइनमा राख न

उनीहरुले भिडियोमार्फत सरकारलाई बलियो भएर अगाडि बढ्न पनि अनुरोध गरेका छन् । यस्तै गरीबलाई रासन दिनुपर्ने र भष्ट्राचारलाई कडा शासन लगाउनुपर्ने समेत बोलेका छन् । धुर्मुस सुन्तलीले कोरोनाले सबै नेपालीलाई एक जुट हुन सिकाएको पनि गीतमार्फत बताएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  १२ : ३० बजे

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक

कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

अरनिको राजमार्ग : साँगा–धुलिखेल सडक स्तरोन्नति तीव्र

काभ्रे– अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्नति