आइतबार राति दीप प्रज्वलन गर्न भारतीय प्रधानमन्त्री मोदीको अपिल « Khabarhub

आइतबार राति दीप प्रज्वलन गर्न भारतीय प्रधानमन्त्री मोदीको अपिल


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसका कारण २१ दिने लकडाउनमा रहेका भारतीयहरुलाई आगामी आइतबारका दिन राति नौ बजे दीप प्रज्वलन गर्न अपिल गरेका छन् ।

देशबासीका नाममा शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले आइतबार राति नौ बजे नौ मिनेटसम्म दीप प्रज्वलन गर्न आग्रह गरेका हुन् ।

उनले सबै भारतीयहरुसमक्ष आइतबारका दिन बिजुली बत्ती बन्द गरी घरको ढोका, कौसी वा बार्दलीमा निस्केर दीयो, मैनबत्ती, मोबाइल फ्ल्यास लाइट वा टर्च बाल्न आग्रह गरे ।

उनले ज्योतिषीहरुसँग परामर्श गरी आइतबार राति नौ बजे नौ मिनेटको समय निकालेको जनाइएको छन् ।

प्रधानमन्त्री मोदीका अनुसार निराशाबीच आशाको ज्योतितर्फ डोर्‍याउनका लागि मानिसहरुलाई दीप प्रज्वलन गर्न अपिल गरिएको हो ।

यसअघि मोदीले गत २२ मार्चका दिन भारतीयहरुलाई जनता कफ्र्यूको पालना गरी सबैले थपडी, शंख, भाँडाकुडा बजाएर कोरोना भाइरसविरुद्ध खटिरहेका चिकित्सकहरुलाई हौसला प्रदान गर्न आह्वान गरेका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ८ : ३६ बजे

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

भैरहवा– भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा

तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

काँक्रेविहार– सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण

अमेरिकी आक्रमणपछि इरानको जवाफी हमला, सैन्य अड्डा निशानामा

 एजेन्सी – इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) इरानी तटीय क्षेत्रहरूमा