कोरोना भाइरस : ५९ हजार बढीको मृत्यु, १० लाख ९७ हजारभन्दा धेरै संक्रमित « Khabarhub

कोरोना भाइरस : ५९ हजार बढीको मृत्यु, १० लाख ९७ हजारभन्दा धेरै संक्रमित


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण १० लाख ९७ हजार ८१० जनामा पुगेको छ ।

यो संक्रमणबाट ५९ हजार १४० जनाले ज्यान गुमाएका छन् । संक्रमतिमध्ये २ लाख २८ हजार ४०५ जना उपचारपछि निको भएर घर फर्किएको सुखद खबर छ ।

अहिले ८ लाख १० हजार २६५ जना कोरोना संक्रमितको विश्वका विभिन्न देशका अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये ३९ हजार ४३९ जनाको अवस्था गम्भीर छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वका २०५ देशमा पुगेको छ । यसको संक्रमण सबैभन्दा धेरै अमेरिकामा छ । अमेरिकामा अहिलेसम्म २ लाख ७६ हजार ९६५ जना संक्रमित छन् । अमेरिकामा बितेको २४ घण्टामा ३२ हजार ८८ जना संक्रमित थपिएका छन् । त्यस्तै ज्यान गुमाउनेको संख्या ७ हजनार ३९१ पुगेको छ ।

इटालीमा १ लाख १९ हजार ८२७ संक्रमित छन् । सबैभन्दा धेरै मृत्यु भएको इटालीमा अहिलेसम्म १४ हजार ६८१ जनाले ज्यान गुमाएका छन् । त्यस्तै स्पेनमा ११ हजार १९८ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १ लाख १९ हजार १९९ छ ।

जर्मनीमा ९१ हजार १५९ जनामा संक्रमण देखिएको छ । १ हजार २७५ जना को मृत्यु भएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ६ : १७ बजे

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६