कोरोना भाइरस : ५९ हजार बढीको मृत्यु, १० लाख ९७ हजारभन्दा धेरै संक्रमित | Khabarhub Khabarhub

कोरोना भाइरस : ५९ हजार बढीको मृत्यु, १० लाख ९७ हजारभन्दा धेरै संक्रमित


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण १० लाख ९७ हजार ८१० जनामा पुगेको छ ।

यो संक्रमणबाट ५९ हजार १४० जनाले ज्यान गुमाएका छन् । संक्रमतिमध्ये २ लाख २८ हजार ४०५ जना उपचारपछि निको भएर घर फर्किएको सुखद खबर छ ।

अहिले ८ लाख १० हजार २६५ जना कोरोना संक्रमितको विश्वका विभिन्न देशका अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये ३९ हजार ४३९ जनाको अवस्था गम्भीर छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वका २०५ देशमा पुगेको छ । यसको संक्रमण सबैभन्दा धेरै अमेरिकामा छ । अमेरिकामा अहिलेसम्म २ लाख ७६ हजार ९६५ जना संक्रमित छन् । अमेरिकामा बितेको २४ घण्टामा ३२ हजार ८८ जना संक्रमित थपिएका छन् । त्यस्तै ज्यान गुमाउनेको संख्या ७ हजनार ३९१ पुगेको छ ।

इटालीमा १ लाख १९ हजार ८२७ संक्रमित छन् । सबैभन्दा धेरै मृत्यु भएको इटालीमा अहिलेसम्म १४ हजार ६८१ जनाले ज्यान गुमाएका छन् । त्यस्तै स्पेनमा ११ हजार १९८ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १ लाख १९ हजार १९९ छ ।

जर्मनीमा ९१ हजार १५९ जनामा संक्रमण देखिएको छ । १ हजार २७५ जना को मृत्यु भएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ६ : १७ बजे

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– राक्सेमा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको

शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा

कञ्चनपुर– हरिया फाँट, घना सालका जङ्गल र सिमसार क्षेत्रले सजिएको

आईएनजीओको जागिर छाडेर गाउँमै कृषिकर्म

सुनसरी- कोशी किनार कृषि उपज उत्पादनका लागि उर्वर क्षेत्र मानिन्छ

स्थानीय सरकारको पहल : रामप्रसादराईमा वृद्धवृद्धाको भत्ता घरदैलोमा 

भोजपुर– नागरिकको सहजताका लागि रामप्रसादराई गाउँपालिकाले वडास्तरमै भत्ता वितरण सुरू

के पातलो मान्छे साँच्चै स्वस्थ हुन्छन त ?

काठमाडौं–  प्रायः मानिसहरू सोच्छन् कि यदि कोही पातलो छ भने