कालिमाटी खुद्रा बजार आजदेखि बन्द, थोक बजारमा चार पाङ्ग्रे ढुवानीलाई मात्र प्रवेश | Khabarhub Khabarhub

कालिमाटी खुद्रा बजार आजदेखि बन्द, थोक बजारमा चार पाङ्ग्रे ढुवानीलाई मात्र प्रवेश


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कालीमाटी तथा तरकारी बजार विकास समितिले शनिबारदेखि कालीमाटी फलफूल तथा तरकारी बजारभित्र खुद्रा किनमेल र किसान बजार बन्द गरेको छ ।

कालीमाटी तरकारी बजार भित्र दुईपांग्रे सवारीसाधन प्रवेशसमेत रोक लागाइएको कालीमाटी तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

कालीमाटी तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले खुद्रा पसल र दुईपांग्रे सवारीसाधका कारण तरकारी बजारमा अत्यधिक भीड भएको भन्दै बजार व्यवस्थित गर्न आजबाट खुद्रा बजार बन्द र दुईपांग्रे सवारीसाधन प्रवेश समेत रोक गर्ने निर्णय गरिएको बताए ।

लकडाउन भएपनि तरकारी लगायतका खाद्य सामाग्री किनमेल गर्न केही समय बजार खुला गर्ने सरकारले निर्णय गरेको थियो । तर तरकारी बजारमा सर्वसाधारणको भीड भएसँगै समितिले पैदलयात्रु र फुटकर उपभोक्तालाई समेत प्रवेशमा रोक लगाएकाे छ ।

चैत १६ देखि कालीमाटी तरकारी बजार होलसेल खरिद बिक्रीका लागि बिहान दुईदेखि सात बजेसम्म र खुद्रा बिक्रीका लागि साँझ पाँच देखि सात बजेसम्म खुल्ला हुँदै आएको थियो ।

‘धेरै भीडभाड हुने भएकाले दिउँसोे कालीमाटी बन्द गरिएको हो’ श्रेष्ठले खबरहबसँग भने, ‘बिहान २ बजेदेखि ७ बजेसम्म थोक बजार खुल्छ, साँझ ५ बजेदेखि ७ बजेसम्म खुद्रा बजार खुल्ने व्यवस्था गरिएको थियो तर आजबाट त्यो पनि बन्द गरियो ।’

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  १२ : ०१ बजे

सुदूरका मुख्यमन्त्रीले भने- जनताले दिएको मन र मतको सधैँ सम्मान गर्छु

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफूलाई जनताले दिएको मन

प्रधानमन्त्री ओली पुग्दा च्यासल जलमग्न  

काठमाडौं– नेकपा एमालेको मुख्यालय च्यासल क्षेत्रको मनोहरा खोला कोरिडर सडक जलमग्न

बढी कमाउने विकास हाइड्रोपावर, गुमाउने सम्पदा लघुवित्त

काठमाडौँ – भदौको पहिलो साता अर्थात भदौ १ देखि ५

१५ वर्षको संघर्षपछि ‘खादा’ र ‘मिठाई’सहित नागरिक बनेकी सुकुमाया

काठमाडौं– सात वर्षको उमेरमै बेचबिखनमा परेर भारतको सर्कसमा काम गर्न

रास्वपाबाट निलम्बित भए नेता कँडेल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाल र भारतका विभिन्न शैक्षिक