कालिमाटी खुद्रा बजार आजदेखि बन्द, थोक बजारमा चार पाङ्ग्रे ढुवानीलाई मात्र प्रवेश « Khabarhub

कालिमाटी खुद्रा बजार आजदेखि बन्द, थोक बजारमा चार पाङ्ग्रे ढुवानीलाई मात्र प्रवेश


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कालीमाटी तथा तरकारी बजार विकास समितिले शनिबारदेखि कालीमाटी फलफूल तथा तरकारी बजारभित्र खुद्रा किनमेल र किसान बजार बन्द गरेको छ ।

कालीमाटी तरकारी बजार भित्र दुईपांग्रे सवारीसाधन प्रवेशसमेत रोक लागाइएको कालीमाटी तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

कालीमाटी तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले खुद्रा पसल र दुईपांग्रे सवारीसाधका कारण तरकारी बजारमा अत्यधिक भीड भएको भन्दै बजार व्यवस्थित गर्न आजबाट खुद्रा बजार बन्द र दुईपांग्रे सवारीसाधन प्रवेश समेत रोक गर्ने निर्णय गरिएको बताए ।

लकडाउन भएपनि तरकारी लगायतका खाद्य सामाग्री किनमेल गर्न केही समय बजार खुला गर्ने सरकारले निर्णय गरेको थियो । तर तरकारी बजारमा सर्वसाधारणको भीड भएसँगै समितिले पैदलयात्रु र फुटकर उपभोक्तालाई समेत प्रवेशमा रोक लगाएकाे छ ।

चैत १६ देखि कालीमाटी तरकारी बजार होलसेल खरिद बिक्रीका लागि बिहान दुईदेखि सात बजेसम्म र खुद्रा बिक्रीका लागि साँझ पाँच देखि सात बजेसम्म खुल्ला हुँदै आएको थियो ।

‘धेरै भीडभाड हुने भएकाले दिउँसोे कालीमाटी बन्द गरिएको हो’ श्रेष्ठले खबरहबसँग भने, ‘बिहान २ बजेदेखि ७ बजेसम्म थोक बजार खुल्छ, साँझ ५ बजेदेखि ७ बजेसम्म खुद्रा बजार खुल्ने व्यवस्था गरिएको थियो तर आजबाट त्यो पनि बन्द गरियो ।’

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  १२ : ०१ बजे

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६