कोरोना कहरः अभिनेता शाहरुख खानले क्वारेन्टाइनका लागि दिने भए अफिस « Khabarhub

कोरोना कहरः अभिनेता शाहरुख खानले क्वारेन्टाइनका लागि दिने भए अफिस


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतीय अभिनेता शाहरुख खानले भारतमा कोरोना भाइरसको सम्भावित जोखिम रोक्न आफ्नो अफिस क्वारेन्टाइनका लागि प्रयोग गर्न दिने भएका छन् ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार उनले आफ्नो कार्यालयको चार तले भवनलाई क्वारेन्टाइन सेन्टर बनाउन प्रस्ताव गरेका छन् ।

बालबालिका, महिला र वृद्धवृद्धाको रेखदेखको लागि शाहरुख खानले आफ्नो कार्यालयको चार तले भवन क्वारेन्टाइनका रुपमा प्रयो गर्न दिने जनाएका हुन् ।

बृह्नमुम्बई महानगरपालिकाले आफ्नो आधिकारिक ट्विटर ह्याण्डलबाट यो जानकारी दिएको भए पनि खान दम्पतीले भने आफ्नो कुनै पनि सामाजिक सञ्जालमा यसबारेमा केही लेखेका छैनन् ।

शाहरुख खानले यसअघि गएको बिहीबार आफ्नो कम्पनीको समूहसँग मिलेर सहयोगको हात बढाएका थिए । सरकारी कोषदेखि ५० हजार पीपीई किट, मुम्बईका पाँच हजार पाँच सय परिवारलाई खाद्य सामग्री, १० हजार जनालाई तीन लाख भोजन किट लगायत सहयोग गर्ने घोषणा गरिसकेका छन् ।

भारतमा आइतबारसम्म ३ हजार ५८८ जना संक्रमित भएका छन् भने संख्या ८६ जनाको मृत्यु भएको छ । भारतमा संक्रमितमध्ये २२९ जना उपचारपछि निको भएका छन् । ३ हजार २७३ जना उपचाररत छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ८ : १४ बजे

बर्दघाटमा ट्रमा सेन्टरको स्थलगत अनुगमनमा निस्किए विनोद चौधरी

बर्दघाट– नवलपरासी (पश्चिम) क्षेत्र नं. १ का निवर्तमान सांसद एवं प्रतिनिधि

पूर्वराजा झापाबाट फर्किँदै, एयरपोर्ट परिसरमा बढाइयो सुरक्षा व्यवस्था (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ

जलजलामा १८ ठाउँमा एकैपटक शवदाहस्थल निर्माण सुरु

म्याग्दी– जिल्ला सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्र

विमानस्थलमा जुलुस, प्रदर्शन, भेलाजस्ता कार्यक्रम गर्न नपाइने

काठमाडौं– काठमाडौं प्रशासनले अतिसंवेदनशील मानिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा जुलुस,

बंगलादेशमा बीएनपी दुईतिहाइतिर, तारिक रहमानको नेतृत्वमा नयाँ सरकार बन्ने पक्का

ढाका, बंगलादेश – सन् २०२४ को जनविद्रोहपछि भएको बंगलादेशको पहिलो