बटुकदेखि किरियापुत्रीसम्म एसइईका परीक्षार्थी « Khabarhub

बटुकदेखि किरियापुत्रीसम्म एसइईका परीक्षार्थी


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


बलेवा– माध्यमिक तहको परीक्षा (एसइई) को आज पहिलो दिन बागलुङबाट फरक क्षमता भएका २५ र किरियापुत्री एक परीक्षार्थी सामेल भएका छन् ।

बागलुङबाट पाँच हजार ५१९ परीक्षार्थीले परीक्षा दिएका छन् । तीमध्ये दुई हजार ८७४ छात्रा छन् । बागलुङबाट एक न्यून दृष्टियुक्त व्यक्तिसहित २५ जना विशेष क्षमता भएका र नौ जना संस्कृत विद्या पढ्दै गरेका परीक्षार्थी सामेल भएका छन् ।

विशेष शिक्षातर्फ बागलुङको धौलागिरि बहिरा आवासीय माविबाट २४ जनाले कम्प्युटर धार विषयको परीक्षा विद्यामन्दिर केन्द्रबाट दिएको केन्द्राध्यक्ष जगन्नाथ आचार्यले बताए । यो वर्ष मुक्तिनाथ वेदविद्याश्रमका नौ बटुक, जनताधन माविका एक न्यून दृष्टियुक्त व्यक्ति र प्रभा मावि बोहोरागाउँका एक किरियापुत्री परीक्षामा सामेल भएका छन् ।

प्राविधिक विद्यातर्फ १६८ विद्यार्थीले सदरमुकामकै विद्यामन्दिर माविबाटै परीक्षा दिएका छन् । उनीहरुले कम्प्युटर, कृषि, भेटनरी र सिभिल इञ्जिनीयरिङको परीक्षा दिएका हुन् । परीक्षालाई मर्यादित बनाउनका लागि कुनै पनि विद्यालयका विद्यार्थीले आफ्नो विद्यालयमा परेको केन्द्रबाट परीक्षा दिन नपाउने व्यवस्था गरिएको छ ।

परीक्षालाई मर्यादित बनाउनका लागि माध्यामिक परीक्षा समन्वय समितिले ३३ बुँदे आचारसंहिता पनि जारी गरेको छ । ती संहिता पालना नगरेमा आवश्यक कारवाही गर्ने र परीक्षालाई खलल पर्ने गतिविधि गरेमा शिक्षा ऐन २०२८ को दफा १७ (क) अनुसार कसुरको मात्रा हेरी ६ महीनासम्म कैद र रु एक लाखसम्म जरिवाना गराउन सकिने चेतावनी दिइएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख कुश्मराज उपाध्यायले बताए ।

उपाध्यायका अनुसार परीक्षामा ३१ केन्द्राध्यक्ष, ३९ सहायक केन्द्राध्यक्ष, ५६ सहायकसहित २६८ निरीक्षक खटाएको छ । सबै केन्द्रमा गरी ४६५ सुरक्षाकर्मीलाई परिचालन गरिएको पनि उनले बताए ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  २ : ३० बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको