कोरोना भाइरसको संक्रमणबाट अस्ट्रेलियामा ३७ जनाको मृत्यु | Khabarhub Khabarhub

कोरोना भाइरसको संक्रमणबाट अस्ट्रेलियामा ३७ जनाको मृत्यु


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वभर महामारीमा रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट अस्ट्रेलियामा ३७ जनाको मृत्यु भएको छ । ५ हजार ७५० जना संक्रमित छन् ।

संक्रमितमध्ये २ हजार ३१५ जना उपचारपछि निको भएका छन् । अहिले ३ हजार ३९८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ९१ जनाको अवस्था गम्भीर छ ।

अस्ट्रेलियामा वितेको २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । २०० मा नयाँ संक्रमण देखिएको छ । विश्वभर कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६९ हजार ४१८ पुगेको छ ।

विश्वका २०८ देशमा फैलिएको यो संक्रमणबाट बितेको २४ घण्टामा ४ हजार ७२८ जनाले ज्यान गुमाएका छन् ।

यो भाइरस संक्रमितको संख्या १२ लाख ७२ हजार ७३७ पुगेको छ । २४ घण्टाको अवधिमा ७१ हजार २५४ नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये २ लाख ६१ हजार ४८५ जना उपचारगरि घर फर्किएका छन् । अहिले ९ लाख ४१ हजार ८३४ मा भाइरसको संक्रमण छ । उनीहरु विभिन्न अस्पताल तथा आइसोलेनमा उपचाररत छन् ।

उपचारमा रहेकामध्ये ४५ हजार ६१९ को अवस्था गम्भीर छ ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ६ : ५१ बजे

डा. तिवारीलाई अदालतको अवहेलना मुद्दामा ७ दिनभित्र जवाफ दिन आदेश

काठमाडौं– नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारीलाई अदालत अवहेलनाको

पूर्वी पृतनामा पृतनापति ट्रफी सुरु

इटहरी– नेपाली सेनाको पूर्वी पृतनाको आयोजनामा आजदेखि यहाँ ‘पृतनापति ट्रफी

अफगानिस्तानको तालिवान शासनलाई रूसको औपचारिक मान्यता

काठमाडौं– रूसले अफगानिस्तानको तालिवान शासनलाई औपचारिक रूपले मान्यता दिएको छ

बाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै

वाग्मती– सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै बाग्मती प्रदेशसभाको आज बिहान

एडीबीबाट ऋण नलिने हर्क साम्पाङको घोषणा 

सुनसरी– तीन दशकदेखि खानेपानीको अभाव झेलिरहेको धरान उपमहानगरपालिकाले विदेशी ऋण