लकडाउनका बेला राजेश हमालका सेतै फुलेका दाह्री ! | Khabarhub Khabarhub

लकडाउनका बेला राजेश हमालका सेतै फुलेका दाह्री !


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यतिबेला कलाकारहरु नेपालमा गरिएको लकडाउनका कारण फुर्सदमा छन् । अभिनेता हमाल पनि परिवारका साथ लकडाउनमा बसिरहेका छन् । बेलाबेलामा फेसबूक लाइभमा आएर फ्यानलाई सुरक्षित र शान्त रहन आग्रह गर्छन् ।

कोरोना भाइरसको त्रासका कारण हमाल लकडाउन अघिदेखि नै घरमा सीमित थिए । हमालले कहिले गीत गाएको भिडियो शेयर गरिरहेका छन् त कहिले नाचेको भिडियो शेयर गरेका छन् ।

यतिबेला भने हमालले इन्स्टाग्राममा केही तस्वीर शेयर गरेका छन् । ती तस्वीरमा हमालका सेतै फुलेका दाह्री देखिन्छन् ।

फुलेका दाह्री शेयर गरेका तस्वीरमा फ्यानले रमाइला टिप्पणी गरेका छन् । एक फ्यानले लेखेका छन्, ‘राजेश दाइका दाह्री बल्ल आउँदैछन्, उहाँ बल्ल १८ वर्ष पुग्नुभयो ।’

एक प्रयोगकर्ताले प्रश्न सोधेका छन्, ‘दाजुको नयाँ फिल्म आउँदै छ कि के हो ?’

अझ एक प्रयोगकर्ताले त झनै रमाइलो कमेन्ट गरेका छन् । उनले लेखेका छन्, ‘राजेश दाइ देखेर कोरोनाले मास्क लगाउँछ रे ।’

हमालले शेयर गरेका तस्वीरमा मास्क लगाएका छैनन् । हमालले मास्क नलगाएको भन्दा पनि फुलेको दाह्रीको धेरैले चर्चा गरेका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ३ : १२ बजे

एसका नेतालाई एमालेमा स्वागत गर्दै योगेशले भने : अब नेताले होइन, राष्ट्रले जित्नुपर्छ

काठमाडौं – नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी फर्कन

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

कञ्चनपुर– सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ

पत्रकार सम्मेलन गर्दै रामकुमारी झाँक्री : एमालेमा फर्किने तयारी

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)की नेत्री रामकुमारी झाँक्रीले आज पत्रकार

पाल्पाको रानीमहल संरक्षणको पर्खाइमा (फोटो फिचर)

पाल्पा– पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहलमा लगाइएको रङ्ग उडेर भित्तामा

समीक्षा : परान भरिएको ‘परान’

फिल्म : परान शीर्ष कलाकार – नीर शाह मुख्य कलाकार : महेश