लकडाउनका बेला राजेश हमालका सेतै फुलेका दाह्री ! « Khabarhub

लकडाउनका बेला राजेश हमालका सेतै फुलेका दाह्री !


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यतिबेला कलाकारहरु नेपालमा गरिएको लकडाउनका कारण फुर्सदमा छन् । अभिनेता हमाल पनि परिवारका साथ लकडाउनमा बसिरहेका छन् । बेलाबेलामा फेसबूक लाइभमा आएर फ्यानलाई सुरक्षित र शान्त रहन आग्रह गर्छन् ।

कोरोना भाइरसको त्रासका कारण हमाल लकडाउन अघिदेखि नै घरमा सीमित थिए । हमालले कहिले गीत गाएको भिडियो शेयर गरिरहेका छन् त कहिले नाचेको भिडियो शेयर गरेका छन् ।

यतिबेला भने हमालले इन्स्टाग्राममा केही तस्वीर शेयर गरेका छन् । ती तस्वीरमा हमालका सेतै फुलेका दाह्री देखिन्छन् ।

फुलेका दाह्री शेयर गरेका तस्वीरमा फ्यानले रमाइला टिप्पणी गरेका छन् । एक फ्यानले लेखेका छन्, ‘राजेश दाइका दाह्री बल्ल आउँदैछन्, उहाँ बल्ल १८ वर्ष पुग्नुभयो ।’

एक प्रयोगकर्ताले प्रश्न सोधेका छन्, ‘दाजुको नयाँ फिल्म आउँदै छ कि के हो ?’

अझ एक प्रयोगकर्ताले त झनै रमाइलो कमेन्ट गरेका छन् । उनले लेखेका छन्, ‘राजेश दाइ देखेर कोरोनाले मास्क लगाउँछ रे ।’

हमालले शेयर गरेका तस्वीरमा मास्क लगाएका छैनन् । हमालले मास्क नलगाएको भन्दा पनि फुलेको दाह्रीको धेरैले चर्चा गरेका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ३ : १२ बजे

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक