लाल आयोगको प्रतिवेदन माग्दै राजपाद्वारा संसद वैठक अवरुद्ध « Khabarhub

लाल आयोगको प्रतिवेदन माग्दै राजपाद्वारा संसद वैठक अवरुद्ध


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालले तराई मधेशमा भएको आन्दोलनको छानबिन गर्न गिरीशचन्द्र लालको नेतृत्वमा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रतिनिधिसभाको आइतबारको संसद बैठक अवरुद्ध गरेको छ ।

बैठकको शुरुमै राजपाका सांसदहरुले आसनबाट उभिएर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले सांसद लक्ष्मणलाल कर्णलाई बोल्नु समय दिएका थिए । मधेशमा भएको आन्दोलनको छानबिन गर्न सरकारले सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा आयोग गठन गरेको थियो ।

सांसद कर्णले आफूहरुले सो आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक पटक माग गरे पनि सरकारले सुनुवाइ नगरेपछि संसद् अवरोध गर्नुपरेको बताए । उनले यसअघि आफूहरुको मागअनुसार सभामुखबाट प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न निर्देशन जारी भए पनि अझै सार्वजनिक नभएको जानकारी गराए ।

सानो विषयमा पनि पटक पटक माग गर्दा सरकारले सुनुवाइ नगरेको भन्दै सांसद कर्णले यही अवस्थामा रही रहे बैठक अवरोध गर्ने बताए । बैठकमा सभामुखले आफ्नो निर्देशन सरकारले सकारात्मक ढङ्गले जवाफ दिइसकेकाले अवरोध नगर्न आग्रह गर्नाका साथै आसन ग्रहण गर्न आग्रह गरे पनि राजपाका सांसदले उभिएर विरोध जारी राखेपछि बैठक १० मिनेटका लागि स्थगन गरिएको थियो ।

राजपाका सांसदहरुले १० मिनेट पछिको बैठकमा पनि विरोध जनाएर आसनबाट उठेपछि सभामुखले बैठकमा प्रधानमन्त्रीको सम्बोधन रहेकाले बैठक अवरुद्ध नगर्न आग्रह गरेका थिए । सभामुखको आग्रहपछि बैठक निरन्तर सञ्चालन भएको थियो ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ३ : ३७ बजे

रसुवागढी हुँदै कैलाश मानसरोवर जानेको चाप (तस्बिर)

रसुवा– रसुवागढी नाका प्रयोग गरेर एक वर्षमा साढे १३ हजार

३२९ ग्राम खैरो हेरोइनसहित नागपोखरीबाट चार जना पक्राउ

काठमाडौँ – काठमाडौँको नागपोखरीस्थित एक घरबाट ३२९.०५ ग्राम लागू औषध

कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लो पटक कान्तिपुर सेभिङ र

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका-९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान

कार्यस्थलमा स्तनपान कक्षको अभाव

झापा– झापामा विशेष स्तनपान गराउने आमाको सङ्ख्या अपेक्षाकृत कम देखिएको