अस्पतालले उपचार गर्न नमान्दा कपिलवस्तुमा विरामीको मृत्यु « Khabarhub

अस्पतालले उपचार गर्न नमान्दा कपिलवस्तुमा विरामीको मृत्यु


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु – कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ६ रंगपुरकी अन्दाजी ३६ बर्षीया कलामुननिशाको अस्पतालले उपचार गर्न नमान्दा मृत्यु भएको छ ।

आइतबार राति ज्वरोले च्यापेपछि निशालाई निजि सवारीसाधनको सहायताले कपिलवस्तु अस्पताल तौलिहवा ल्याइएको थियो ।

तर त्यहाँ पूर्णउपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेजमा उपचारका लागि रेफर गरिएकोमा त्यहाँ भर्ना गर्न नमान्दा निशाको उपचार अभावमा मृत्यु भएको आफन्तले जनाएका छन्  ।

भैरहवा मेडिकल कलेजले पनि उनलाई भर्ना नलिएपछि पुनः कपिलवस्तु अस्पताल ल्याइएको थियो । तर उनको अस्पताल परिसरबाटै चिकित्सकले मृत घोषणा गरिदिएको वडा अध्यक्ष श्याम नरायाण उपाध्यायले जानकारी दिए ।

मृतक निशालाई तीन दिन पहिला सामान्य ज्वरो आएर तौलिहवास्थित एक मेडिकलबाट औषधि खुवाइएको बताइएको छ । कपिलवस्तु अस्पतालका मेसु डा. किशोर बञ्जाडले भने बिरामी ल्याएको तर उनको एम्बुलेन्समा नै मृत्यु भएको परिवारलाई जानकारी गराएको बताएका छन् ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले कपिलवस्तु अस्पतालमा निशाको उपचार भएपनि भैरहवामा के कारणले भर्ना गरिएन भन्नेबारे जानकारी नभएको बताएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ७ : ३९ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि