फ्लप फिल्म ‘लप्पन छप्पन’ को सिक्वेलमा को को दोहोरिए ? « Khabarhub

फ्लप फिल्म ‘लप्पन छप्पन’ को सिक्वेलमा को को दोहोरिए ?


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्को वर्षको शिवरात्रीको अवसरमा रिलिज गर्ने गरी फिल्म ‘लप्पन छप्पन २’ निर्माणको घोषणा गरिएको छ । निर्देशक मुकुन्द भट्टले सामाजिक सञ्जाल फेसबूकमा एक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरे ।

‘लामो समयपछि कडा मेहनतका साथ म मेरो प्रोजेक्टसँगै ब्याक भएको छु, मलाई सहयोग गर्ने सबैलाई धन्यवाद भन्न चाहन्छु ।’, निर्देशक भट्टले फेसबूकमा लेखेका छन् ।

स्मरण रहोस्, यो फिल्मको पहिलो सिक्वेल असफल भएको थियो । दयाहाङ राई, सौगात मल्ल, वर्षा शिवाकोटी लगायतका कलाकारको मुख्य भूमिका रहेको यो फिल्मको सम्पादन पक्ष त रुचाइएको थियो । तर फिल्मको कथा भने राम्रो नभएको फिल्मले प्रतिक्रिया पाएको थियो ।

फिल्म ‘लप्पन छप्पन २’ लाई निर्देशक भट्टले खतरनाक गेम शुरु हुन लागेको भनेका छन् । फिल्ममा सौगात, दयाहाङ, अर्पण थापा, सुरविना कार्की लगायतका कलाकारको अभिनय रहनेछ । फिल्ममा अनुपविक्रम शाही पनि जोडिएका छन् ।

फिल्मको कथा, पटकथा र संवादमा पनि निर्देशक भट्ट छन् । ‘लप्पन छप्पन’ मा मुख्य भूमिकामा देखिएकी नायिका वर्षा शिवाकोटी भने यो सिक्वेलमा हुने छैनिन् ।

यस्तै फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन रहनेछ ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ५ : ४१ बजे

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

विद्युत् प्राधिकरणमा आइपुग्यो ५० हजार नयाँ मिटर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ विद्युत् जडान तथा मिटर

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन ‘अपरेसन इलिगल एजेन्ट क्लिन-अप’

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीको क्षेत्रमा