मुस्लिम धर्मावलम्बीको ‘सब–ए–बारात’ पर्व सरल तरीकाले मनाइने | Khabarhub Khabarhub

मुस्लिम धर्मावलम्बीको ‘सब–ए–बारात’ पर्व सरल तरीकाले मनाइने


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेका इस्लाम धर्मावलम्बीले यस वर्षको ‘सब–ए–बारात’ पर्व साधारण तथा सरल तरिकाले मनाउने भएका छन् । इस्लाम धर्मावलम्बीले यस दिन आफ्ना दिवंगत पुर्खाको सम्झनामा मस्जिदमा रातभर जाग्राम बसेर सामूहिक नमाज पढ्ने र कब्रस्तानमा उनीहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्ने प्रचलन छ ।

यस वर्ष भने कोभिड—१९ ले निम्त्याएको महामारीका कारण बिहीबार घरमै साधारण र सरल तरीकाले उक्त पर्व मनाउन लागिएको धर्मगुरु मौलाना अब्दुलजब्बार मञ्जरीले बताए ।

नेपालगञ्जस्थित जामा मस्जिद सञ्चालक समिति, धर्मगुरु, मौलाना र मुक्तिहरुको बैठकले पनि यस वर्षको सब–ए–बारात पर्व घरमै साधारण तथा सरल तरीकाले मनाउने निर्णय गरेको छ । यस पर्वमा विशेष परिकारका रुपमा तयार गरिएको ‘सुबेरात हलुवा’ सेवन गरिने तथा गरीब, विपन्न र असहायलाई दानदक्षिणा दिने र भोजन गराउने प्रचलन पनि छ ।

पर्वको पूर्वसन्ध्यामा यहाँका मुसलमान समुदायका व्यक्तिले आज (बुधबार) आ–आफ्ना घरको सरसफाइ तथा सामाजिक दूरी कायम गरी बजारबाट खाद्य सामग्री खरीद गरिरहेका छन् । स्थानीय प्रशासनले बिहान र अपराह्न सामाजिक दूरी कायम गरी तरकारीलगायत खाद्य सामग्री र ओखतीमूलो खरीद गर्न सक्ने व्यवस्था मिलाएकाले पनि पर्वका लागि सामान खरीद गर्न सहज भएको नेपालगञ्ज–१४ का मोहम्मदसब्बीर हल्वाईले बताए ।

बाँकेका ३० भन्दा बढी मस्जिदको मंगलबार अनुगमन गरेर त्यहाँका धर्मगुरु, मौलानासँगग भीडभाड नगरी पर्व मनाउन आग्रह गरिएको र उनीहरु पनि सहमत भएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए ।

‘सब–ए–बारात’ लाई इदको पूर्व तयारीका रुपमा पनि लिने गरिएको मुसलमान अगुवा पत्रकार सिराज खान बताउँछन् । ‘पन्ध्र दिनपछि इदको एक महिने रोजा शुरु हुँदैछ, सब–ए–बारात पर्वपछि मुस्लिम समुदाय त्यसैको तयारीमा लाग्नेछन् । लकडाउनले भने इदको तयारीको समयलाई अलि कसिलो बनाउने हो कि भन्ने चिन्ता समुदायलाई छ’, खानको भनाइ छ ।

राष्ट्रिय जनगणना २०६८ का अनुसार बाँकेको कूल जनसंख्या ४ लाख ९१ हजार ३१३ मध्ये मुसलमानको संख्या ९३ हजार २६३ छ ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ३ : ४५ बजे

प्रधानमन्त्रीसँगको भेटपछि ऋचाको प्रतिक्रिया : सानो कदमबाटै विशाल यात्रा सम्भव हुन्छ

काठमाडौं – अभिनेत्री ऋचा शर्माले परिवर्तनको विशाल यात्रा सानो कदमबाट

निजी जीवनमा प्रहार गरेको भन्दै सन्दीपको आक्रोश, साथमा उत्रियो विराटनगर किंग्स

काठमाडौं – नेपाली क्रिकेटर सन्दीप लामिछानेले युट्युब च्यानल प्याराडाइम टिभीले

झिलिमिलीले चम्किएको धरान

धरान –‘फेसन’ र सांस्कृतिक विविधताको सहर भनेर परिचित धरान तिहारको

सबै प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीसँगै हल्का हिमपातको सम्भावना

काठमाडौं – हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक

आजको विनिमय दर : अमेरिकी डलर स्थिर हुँदा यूरो र पाउण्डको मूल्य घट्यो

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय