एजेन्सी– विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबारे चीनले आधिकारिक तथ्यांक सार्वजनिक नगरेको आरोप लगाइएको छ ।
अमेरिका लगायतका विभिन्न मुलुकका विज्ञहरुले चीनले कोरोनाभाइरस सम्बन्धी तथ्य लुकाएकाे आरोप लगाएका हुन् ।
बीबीसीका रोबिन ब्रान्टले लेखेका थिए- चीनले सार्वजनिक गरेका तथ्यांकहरूबारे भरोसा गर्न सकिँदैनन् । चीनले कुनै नयाँ घटनाहरु बाहिर ल्याउन चाहेको छैन ।
चीनले गत ७ अप्रिलसम्म ८१ हजार ७४० संक्रमित र ३ हजार ३३१ को मृत्यु भएको घटना बाहिर ल्याएको छ । यही तथ्यलाई लिएर कोरोना संक्रमित मुलुकहरुले चीनले संक्रमणको दर रोकेकोमा प्रसंशा गरेका छन् ।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडहोमले चीनले कोरोना रोकथाम गरेकोमा धन्यवाद दिए पनि प्रस्तुत तथ्यांकप्रति आशंका समेत रहेको जनाएका छन् ।
गत हप्ता ब्रिटिश सरकारका वरिष्ठ मन्त्री माइकल गोवेले बीबीसीसंग कुरा गर्दै भनेका थिए- चीनबाट प्रस्तुत भइरहेको तथ्यांक स्पष्ट छैनन्, यी तथ्यांकमाथि शंका गर्ने धेरै ठाउँ छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता भनेका थिए- ‘चीनमा संक्रमण र मृत्युको संख्या कम देखिएकोप्रति विश्वास गर्न सकिने आधार छैन ।’
चीनमा कोभिड-१९ प्रकोपको संख्यामा कमी भएकोप्रति अमेरिकी सांसदहरूले समेत आशंका गरेका छन् ।
विश्वमा कोरोना संक्रमितका घटनाहरु बढदै गर्दा अमेरिकाले चीनले संक्रमण र मृत्युको तथ्यांक सार्वजनिक गर्न पूर्ण इमान्दार नदेखिएको जनाएको छ ।
चीनले कोरोना संक्रमणका तथ्यहरु लुकाएकाे हुँदा अन्य क्षेत्रमा समेत इमान्दारिता गुमाउने उनीहरुको दाबी छ ।
प्रतिक्रिया