आन्द्रे रुशेल चम्किएपछि कोलकाताको रोमाञ्चक जीत « Khabarhub

आन्द्रे रुशेल चम्किएपछि कोलकाताको रोमाञ्चक जीत


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आन्द्रे रुुसेलको अलराउण्ड प्रदर्शनमा कलकत्ता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गरको छ ।
ओपनिङ ब्याट्सम्यान क्रिस लायन ७ रनमा आउट हुँदा दबाबमा देखिएको कलकत्ताका लागि तेस्रो नम्बरमा मैदान प्रवेश गरेका रोविन उथ्थपा र ओपनिङ ब्याट्सम्यान नितिश रानाको ब्याटिङ लाइन सुधारेका थिए ।

उनले ८ चौका र ३ छक्काको मद्दतमा ६८ रन र रोविन उथ्थपाले ३५ रन बनाएका थिए । त्यस्तै, पाँचौ नम्बरमा मैदान प्रवेश गरेका रुसेलले १९ बलको सामना गर्दै ४ छक्का र ४ चौकाको मद्दतमा ४९ रन बनाउँदा कलकत्ताले निर्धारित २० ओभरमा २ बल बाँकी हुँदा १ सय ८३ रन बनाएर लक्ष्य पुरा ग¥यो । कलकत्ताका लागि सुभमन गिलले १८ रन बनाएका थिए ।

स्पिन बलर राशिद खानले एक विकेट भन्दा धेरै विकेट लिन नसकेपछि कोलकातालाई जीत हासिल गरेको हो । कलकत्ताविरुद्ध हैदरावादका साकिब अल हसन, सन्दीप शर्मा, सिद्धार्थ काउल र राशिद खानले समान एक—एक विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सनराइजर्स हैदरावादका लागि अस्ट्रेलियन क्रिकेटर डेभिड वार्नरले उत्कृष्ट ब्याटिङ गरे । वार्नरको सहयोगमा हैदरावादले २० ओभर पूरा खेल्दै ३ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । वार्नरले ९ चौका र ३ छक्काको मद्दतमा ८५ रन बनाए । उनी लामोसमय देखि अस्ट्रेलियली राष्ट्रिय क्रिकेट टोलीको प्रतिबन्धमा परेका छन् ।

त्यस्तै, विजय शंकरले ४० रन र जोन बाइरिटोले ३९ रन बनाएका थिए । हैदरावादविरुद्ध कोलकाताका आन्द्रे रुसेलले २ विकेट लिएका थिए भने पीयुस चावलाले एक विकेट लिएका थिए ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ८ : ४७ बजे

नेपालबाट भुटानसामु ११४ रनको लक्ष्य

काठमाडौँ– एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भुटानसामु १ सय

घरायसी विवादमा श्रीमतीको हत्या

भक्तपुर– भक्तपुर नगरपालिका–१० छालिङमा भाडाको घरमा बस्दै आएका एक युवकले

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिन दुई हजार

विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार : उपराष्ट्रपति यादव

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको

भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा अहिले नेपाल