लकडाउनका कारण काठमाडौंमा कामविहीन बनेका व्यक्तिलाई घर जान दिने सरकारको निर्णय | Khabarhub Khabarhub

लकडाउनका कारण काठमाडौंमा कामविहीन बनेका व्यक्तिलाई घर जान दिने सरकारको निर्णय


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोरोना भाइरस संक्रमण रोक्न जारी गरिएको लकडाउनका कारण कामविहीन बनेर बसेका व्यक्तिलाई शुक्रबार र शनिबार आ–आफ्नो घर जान दिने भएको छ ।

बिहीबार रक्षा मन्त्रालयमा बसेको सरकारवाला मन्त्रालयका मन्त्रीहरुको बैठकले काठमाडौं उपत्यका छाडेर बाहिर जान चाहने व्यक्तिलाई शुक्रबार र शनिबार आ–आफ्नो घर जान दिने निर्णय गरेको हो ।

यस बीचमा काठमाडौं उपत्यकामा भने प्रवेश गर्न पाइने छैन ।

रक्षा मन्त्रालय स्रोतका अनुसार गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहसँग समन्वय गरी काठमाडौं उपत्यका छाडेर जान चाहने व्यक्तिलाई आ–आफ्नो घर जाने व्यवस्था मिलाउने छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ३ : ४५ बजे

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६

स्थानीय निकायबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुँदै

मोरङ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय

लिपुलेक नाका सम्बन्धी भारत–चीन सहमतिको विरोध (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले भारत र चीनबीच हालै भएको लिपुलेक

वर्षौँपछि पाकिस्तानका परराष्ट्रमन्त्रीको बंगलादेश भ्रमण

ढाका- पाकिस्तानका परराष्ट्रमन्त्री इसहाक डार शनिबार बंगलादेशको भ्रमणमा गएका छन्

‘स्क्रब टाइफस’बाट एक जनाको मृत्यु

चितवन– स्क्रब टाइफसबाट शनिबार यहाँ एक महिलाको मृत्यु भएको छ