विप्लवप्रति सरकारको दोहोरो रणनीति : सके फकाउने नभए तर्साउने « Khabarhub

विप्लवप्रति सरकारको दोहोरो रणनीति : सके फकाउने नभए तर्साउने


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीप्रति दोहोरो रणनीति अख्तियार गरेको छ । उसलाई सके फकाएर नसके तर्साएर काबुमा ल्याउने रणनीतिमा सरकार जुटेको नागरिक दैनिकमा खबरछ ।

सरकारले फागुन २८ गते विप्लव समूहलाई प्रतिबन्ध लगाएको छ । विप्लव समूहलाई आपराधिक तथा विध्वंसकारी परिभाषित गरेको सरकारले राजनीतिको मूलधारमा ल्याउन कारबाही प्रक्रिया पनि अघि बढाउने र वार्ता पनि चलाउने रणनीति बनाएको छ । सरकारले भदौमा असन्तुष्टि पक्षसँग वार्ता गर्न बनाएको टोलीका संयोजक र सदस्यहरुले भित्रभित्रै विप्लवसँग संवाद अघि बढाउने कोशिस गरिरहेका छन् । तत्कालीन वार्ताटोलीका संयोजक सोमप्रसाद पाण्डे विप्लव समूहका केही नेतासँग सम्पर्कमा रहेको स्रोतले जनाएको छ ।

विद्रोहको मुडमा छैन रोल्पा शीर्षकमा पत्रिकाले छापेको अर्को समाचारमा सरकारले सरकारले विप्लव समूहको गतिविधिमा लगाएको प्रतिबन्धसँगै आशंका र भयमिश्रित प्रश्न उठ्यो के अब अर्को द्वन्द्वको विजारोपण भएको हो ? सामाजिक सञ्जाल, चियापसल, मिडिया सर्वत्र उठेको यो प्रश्नले कुनै बखत माओवादी विद्रोहीको आधार क्षेत्र बनाएको रोल्पा फेरि विप्लवको नेतृत्वमा हुने आन्लोलनको आधार बन्ला भन्ने सबैको सोच रह्यो ।

तर, त्यहाँको बास्तविकता फरक पाइयो । रोल्पालीले अब द्वन्द्व हुने परिकल्पना नै गरेका छैनन् । बरु दैनिक जीवन बिथोलिने गरेर फेरि समाज हिंसामै बदलिने हो कि भनेर चिन्ता गरेका छन ।

त्यस्तै दुर्लभ वन्यजन्तु गैडा संरक्षणमा चुनौती रहेको ९ महिनाको अवधिमा ४१ गैडा मेरेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

त्यस्तै पत्रिकाले ‘पेट्रोल पम्प कि बम ?’ शीर्षकमा लेखेको सम्पादकीयमा काठमाडौंमा बढेको समस्या त्यसमा पनि पेट्रोलपम्पले निम्त्याउने जोखिमको विषयलाई समेटिएको छ । बस्तीमा पेट्रोल पम्प बम हुनसक्ने खतरा औल्याइएको छ । अहिले भइरहेका र अत्यावश्यक यस्ता पम्पलाई मानब बस्तीभन्दा पर सुरक्षाका उपायसहित सार्नेतिर लाग्नुपर्छ । यत्रो खतरालाई समेत वेवास्त गरेर बस्नु मुर्खताबाहेक केही हुँदैन ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ६ : ३३ बजे

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन