वैदेशिक लगानीमा नेपाल १४५ ‌औं स्थानमा « Khabarhub

वैदेशिक लगानीमा नेपाल १४५ ‌औं स्थानमा


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हालसम्म नेपालमा विदेशी लगानी १ खर्ब ६९ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार हाल नेपालमा रहेको लगानीमध्ये ६६ दशमलव १ प्रतिशत सञ्चित पुँजी, ३० दशमलव २ प्रतिशत चुक्ता पुँजी र ३ दशमलव ७ प्रतिशत ऋण छ । नेपालमा भित्रिएको लगानीमध्ये ७० प्रतिशत सेवा क्षेत्र र करिब ३० प्रतिशत उत्पादनमूलक क्षेत्रमा रहेको नेपाल राष्ट्र बैंकको विदेशी लगानीसम्बन्धी सर्वेक्षणले देखाएको छ नयाँ पत्रिकामा छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीमध्ये युनिलिभर नेपाल सबैभन्दा बढी लाभांश बाँड्ने कम्पनी हो । उसले आर्थिक वर्ष ०७३/७४ मा १ हजार २ सय ७० प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस्तै, गत आव ०७४/७५ मा उसले ७ सय प्रतिशत लाभांश वितरण गरेको थियो ।

नेपाली सेयरबजारमा सबैभन्दा बढी सेयर मूल्य हुने कम्पनी पनि युनिलिभर नै हो । उसको प्रतिसेयर मूल्य १९ हजार ३ सय ८० रुपैयाँ छ । युनिलिभर नेपालमा हिन्दुस्तान लिभर लिमिटेडको ८० प्रतिशत र नेपाली लगानीकर्ताको २० प्रतिशत सेयर छ ।

नेपालमा कोकाकोला उत्पादन गर्ने दुई कम्पनी सञ्चालनमा छन्– बोटलर्स नेपाल बालाजु लिमिटेड र बोटलर्स नेपाल तराई लिमिटेड । यीमध्ये बोटलर्स नेपाल तराई लिमिटेड सबैभन्दा उच्च सेयरमूल्य हुने कम्पनीमध्येमा पर्छ । यसको सेयरमूल्य ६ हजार ४ सय ९८ रुपैयाँ छ । विगत सात वर्षमा यो कम्पनीले ८५ प्रतिशतसम्म लाभांश बाँडेको छ ।

आव ०६८/६९ मा उसले त्यो लाभांश बाँडेको हो । गत आव ०७४/७५ मा उसले ४० प्रतिशत लाभांश बाँडेको थियो । त्यस्तै, बोटलर्स नेपाल बालाजु लिमिटेड पनि उच्च प्रतिशत लाभांश बाँड्ने कम्पनीमा पर्छ । आव ०६८/६९ मा उसले ७० प्रतिशत लाभांश वितरण गरेको थियो । गत आव ०७४/७५ मा भने उसले २० प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीको सेयर मूल्य १ हजार ६ सय ९८ रुपैयाँ छ ।

किस्ट मेडिकल कलेजका विद्यार्थी ठगिएको छानबिन टोलीको ठहर शीर्षकको समाचारमा किस्ट मेडिकल कलेजले एमबिबिएस अध्ययन गर्ने विद्यार्थीबाट अवैध शुल्क उठाएको सरकारी छानबिन टोलीले ठहर गरेको छ । बढी लिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न र कलेज सञ्चालकलाई कारबाही गर्न टोलीले सरकारलाई सिफारिस गरेको छ ।

कलेजले अवैध शुल्क उठाएको र त्यसको विरोध गर्ने विद्यार्थीलाई आन्तरिक परीक्षामा फेल गरिएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री केपी ओलीले गम्भीर चासो व्यक्त गरेका थिए । उनकै निर्देशनअनुसार शिक्षा मन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्सालको संयोजकत्वमा सतर्कता केन्द्रको समेत प्रतिनिधित्व रहेको चार सदस्यीय छानबिन टोली गठन गरिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गरेको संम्बोधनलाई पनि प्राथमिकतामा राखेको छ। पत्रिकाले छापेको समाचारमा प्रधानमन्त्री केपी ओली विप्लव नेतृत्वको समूह र पूर्वराजासमर्थक प्रति आक्रामक बनेका छन् । आइतबार संघीय संसद्को हिउँदे अधिवेशनको अन्तिम सत्रलाई सम्बोधन गर्दै उनले हालै सरकारले प्रतिबन्ध लगाएको विप्लव समूहलाई नियन्त्रण गरेरै छाड्ने दाबी गरे । पूर्वराजासमर्थकतर्फ लक्षित गर्दै उनले केही व्यक्तिले अझै रैतान हुने चाहना राखेको टिप्पणी पनि गरे ।

संसद्मा आफ्नो परिचित व्यंग्यात्मक शैलीमा प्रस्तुत भएका प्रधानमन्त्री ओलीले सरकारका उपलब्धिको चर्चा गरेका थिए । मूलधारको राजनीतिमा प्रवेश गरेका सिके राउतसँगको सहमतिबाट देशमा विखण्डनवाद समाप्त भएको दाबी पनि उनले गरे । विप्लव समूह आपराधिक गतिविधिमा लागेकाले प्रतिबन्ध लगाइएको उनले बताए । ‘चुनाव हुन दिन्नँ भन्ने, निर्दोष मान्छे मार्ने, चन्दाका नाममा लुटपाट गर्ने गरिएको छ,’ ओलीले भने, ‘त्यो समूह कतै दर्ता छैन, ठेगाना छैन, त्यस्तो आपराधिक क्रियाकलाप गर्नेलाई, विध्वंशकारीलाई सरकारले निषेध ग-यो । कतिलाई हनहनी ज्वरो आएको छ ।’

द्वापर युगमा कृष्णले समेत धेरै सम्झाउने र सम्झाउँदा नमान्नेलाई ठेगान लगाउन हातमा चक्र लिएर हिँड्ने गरेको प्रसंग कोट्याउँदै उनले भने, ‘विध्वंश गर्नेलाई कानुनअनुसार नियन्त्रण गर्न राज्य अघि बढ्यो । ब्याक गियर छैन । हातहतियार बुझाउन समय दिइएको छ । हातहतियार नबुझाए कसरी लिनुपर्छ सरकारलाई थाहा छ ।’ सरकारले पटक–पटक आग्रह गर्दासमेत विप्लव समूह वार्तामा आउन नमानेको उनले बताए ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ७ : ३३ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग