छुटेका भूकम्प पीडितको पुनः सर्वेक्षण गरिने « Khabarhub

छुटेका भूकम्प पीडितको पुनः सर्वेक्षण गरिने


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट- भूकम्पपछिको पुनःनिर्माणको लागि ३ लाख रुपैयाँ अनुदान पाउन योग्य (लाभग्राही) सूचीमा नपरेका भूकम्प प्रभावितको पुनः जाँच तथा सर्वेक्षण गरिने भएको छ ।

लाभग्राही सूचीमा समावेश हुन चाहेर निवेदन दिएका घरधनीको तथ्याङ्क सङ्कलनका लागि प्राविधिक परिचालन गर्न लागिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) नुवाकोटका प्रमुख कोषनाथ अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार जिल्लामा रहेका सबै स्थानीय तहमा दुई–दुई जना इञ्जिनीयर पुनः जाँच तथा सर्वेक्षणको लागि यही चैत १५ गतेदेखि परिचालन गर्न लागिएको छ ।

उनको अनुसार परिचालन भएका प्राविधिकले ३ हजार ५ सयभन्दा बढी छुट भएका भूकम्प पीडितको पुनः जाँच तथा सर्वेक्षण गरेर प्राप्त तथ्याङ्क राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा बुझाउने छ ।

‘जिल्लास्थित विभिन्न निकायमार्फत सङ्कलन भएको तीन हजार ४१९ प्रभावितले आफूहरु वास्तविक भूकम्पपीडित भएको दाबी गर्दै दिएको निवेदनको आधारमा पुनः तथ्याङ्क सङ्कलन गर्न लागिएको हो,’ अधिकारीले भने, ‘स्थलगत रुपमा खटिने प्राविधिकले वैशाख मसान्तसम्म तथ्याङ्क लिएर विश्लेषणको लागि केन्द्रमा पठाउनेछन् ।’

प्राप्त तथ्याङ्कलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विश्लेषण गरेपश्चात् लाभग्राही भए/नभएको पहिचान गर्ने भएकाले नतिजा आउन अरु थप समय लाग्ने देखिन्छ । नुवाकोटमा हालसम्म सर्वेक्षण नभएका दुई हजार ६५०, सर्वेक्षणमा त्रुटि देखिएका ७०९ र बहुस्वामित्व भएका ६० घरधनीको पुनःजाँच एवं सर्वेक्षणको लागि टोली खटाउन लागिएको छ ।

खटिने टोलीलाई वास्तविक पीडितको लगत सङ्कलनमा सूचना दिन, सिफारिस गर्न सञ्चालित कार्यक्रमको अनुगमनको लागि सम्बन्धित स्थानीय तहका निर्वाचित प्रतिनिधिलाई कार्यालयले आग्रह गरेको छ ।

प्राविधिक परिचालनको लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा सात सदस्य रहेको ‘छुट तथा पुनः जाँच सर्वेक्षण सञ्चालन जिल्ला समिति’ समेत गठन गरिएको छ । वास्तविक भूकम्पपीडित नछुटोस् भनेर स्थानीय जनप्रतिनिधिको सिफारिस र अनुगमनमा सर्वेक्षण गर्ने व्यवस्था मिलाइएको जिसस प्रमुख एवं समितिका संयोजक सन्तमान तामाङले बताए ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ७ : ४९ बजे

प्रदीप पौडेललाई प्रश्न- देउवा आएपछि पार्टी एकताको सम्भावना टरेको हो ?

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा