लकडाउनमा महिला हिंसा : १५ दिनमा देशभर १०४ घटना | Khabarhub Khabarhub

लकडाउनमा महिला हिंसा : १५ दिनमा देशभर १०४ घटना


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस संक्रमण रोकथामका लागि सिङ्गो मुलुक लकडाउनमा रहेका बेला राष्ट्रिय महिला आयोगको हेल्पलाइन नम्बर ११४५ मा नुवाकोटबाट एक महिलाको फोन आयो ।

उनले गुनासो सुनाइन् ; श्रीमान् तीन वर्षदेखि विदेशमा छन् । म सासु आमा र देवरहरूका साथ घरमा बस्छु । देवरले मनपरी गाली गर्छन् । देवरले सधैँ मनपरी भन्थे तैपनि सहेकी थिएँ । आज त सासुआमाले पनि कुटपिट गर्नुभो । घरबाट निस्केर जा भन्नुभो । म कहाँ जानु !’

उदयपुरबाट अर्की महिलाको फोन आयो । लकडाउनका समयमा श्रीमान्ले रातदिन मादकपदार्थ सेवन गरेर घरमा झगडा गर्छन् भन्ने उनको गुनासो छ । ‘रक्सी पिएर झगडा गर्दागर्दै घरबाटै निकाल्दिनुभो’ उनले आयोगमा न्याय माग्दै भनिन्, ‘अहिले छिमेकीकोमा बसेकी छु, घरमा बालबच्चा भोकै होलान् ।’

कोरोनाको त्रासमा बाच्नुपर्ने लकडाउनको समयमा पनि हिंसामा परेको पीडितहरूको गुनासो छ ।

लकडाउनमा जति नै हिंसा भए पनि घरबाहिर निस्किन सक्दैनन् भन्ने ठानेर पुरुषले महिलालाई पीडा दिएको बताउँछिन् महिला आयोग हेल्पलाइन व्यवस्थापक पवित्रा सुवेदी ।

लकडाउनमा आयोगको हेल्प लाइनमा फोन गरेर उजुरी दिने क्रम बढेको आयोगका अधिकारीको भनाइ छ । लकडाउन सुरु भएयता चैत २७ गतेसम्ममा आयोगमा ११५ वटा फोन आएकोमा ४२ वटा हिंसाका उजुरी रहेको आयोगका सूचना अधिकारी ध्रुवराज क्षेत्रीले खबरहबलाई जानकारी दिए । उनका अनुसार ७३ वटा फोनमा कोरोना भाइरसबारे जिज्ञासा थियो ।

लकडाउनका समयमा सबैजना घरमा हुने हुँदा झगडा गर्ने, मादक पदार्थ सेवन गर्ने र महिलमाथि कुटपिट गरी घरबाट निकाल्नेजस्ता घटना भएको उनले बताए ।

पीडितको उजुरीबारे सम्बन्धित स्थानीय तहलाई खबर गरिएको र पीडितलाई प्रहरीमा खबर गर्न सुझाएको क्षेत्रीले बताए । खबरहबसँग उनले भने, ‘कुटपिट भएका घटनामा तत्काल प्रहरीलाई खबर गरेर घरमै जान आग्रह गरिरहेका छौँ, जसरी हुन्छ पीडितलाई न्याय दिलाउने काम भइरहेको छ ।’

कुन प्रदेशमा कति घटना

सरकारले चैत ११ गतेदेखि २५ गतेसम्म देशभर १०४ वटा घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

जसमध्ये जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, बहुविवाह, बालविवाह, बोक्सीको आरोप, अवैध गर्भपतन, जातीय छुवाछुत, बालयौन दुराचार र घरेलु हिंसा छन् ।

नेपाल प्रहरीका प्रवक्ता उमेशराज जोशीका अनुसार प्रदेश १ मा १४ वटा, प्रदेश २ मा १७ वटा, वाग्मती प्रदेशमा ११ वटा, गण्डकी प्रदेशमा मा ५ वटा, कर्णाली प्रदेशमा ९ वटा र सुदूरपश्चिम प्रदेशमा १७ वटा घटना भएका छन् ।

काठमाडौं उपत्यकामा १५ दिनमा महिला हिंसाका १६ घटना भएका छन् । देशभरका घटनामा सबैभन्दा बढी घरेलु हिंसा भएको देखिन्छ ।

मनोचित्सिकको सुझाव

काममा व्यस्त हुनेहरू लकडाउनले फुर्सादिला बनेका छन् । विशेष गरी यो समयमा महिलाको तुलनामा पुरुषहरूले बढी चिन्ता गर्ने गरेको मनोचिकित्सक डा. सरोज वझा बताउँछन् ।

‘घरको जिम्मेवारीको चिन्ता पनि भएकाले पुरुषहरूमा स्ट्रेस बढी हुने गर्छ’ उनले खबरहबसँग भने, ‘त्यसलाई कम गर्न तास खेल्ने, सामाजिक सञ्जालमा अलमलिने, लागुपदार्थ र मादकपदार्थ सेवन गर्नेजस्ता क्रियाकलापमा लागेको पाइन्छ । यस्तै पुरुषहरूले महिलामाथि हिंसा गर्छन् ।’

यस्तो विषम परिस्थितिमा सकारात्मक सोच विकास गर्नुपर्ने र परिवारको साथमा बस्न पाउनु ठूलो कुरा हो भन्ने सोच्नुपर्ने मनोचिकित्सक वझाको भनाइ छ ।

‘जतिसक्दो व्यस्त हुनुस्, यही समय हो परिवारसँग बस्न पाउने । परिवारसँगै घरका कामहरू गर्नुस्,’ पुरुषहरूलाई डा. ओझाको सुझाव छ, ‘खानेकुरा बनाउने, सरसफाइ गर्नेजस्ता काममा आफूलाई व्यस्त राख्नुहोस् ।’

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  १ : ०२ बजे

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने

काठमाडौं– सरकारले विश्व बैंकबाट उपलब्ध हुने करिब रु १३ अर्ब

स्वास्थ्य संस्था कानुनअनुसार सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियम विपरीत स्वास्थ्य सेवा सञ्चालन