कोरोना प्रभावितका लागि स्थानीय तहले नै बाँड्यो कुहिएको चामल « Khabarhub

कोरोना प्रभावितका लागि स्थानीय तहले नै बाँड्यो कुहिएको चामल


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– कोरोना भाइरसको संक्रमण रोक्न जारी गरिएको लकडाउन प्रभावितका लागि तनहुँको एक स्थानीय तहले वितरण गरेको राहतको चामल सडेको र ढुसी परेको भेटिएको छ ।

बन्दीपुर गाउँपालिका वडा नं ५ ले कल्चोक क्षेत्रका केही घरपरिवारलाई वितरण गरेको चामल ढुसीयुक्त छ । चामलको रङ कालो भएको र अमिलो गन्ध आएको राहत पाउने स्थानीयवासीले बताएका छन् ।

चामल ३–४ पटक पखाल्दा पनि कालो नगएको तथा पकाएर खाँदा स्वादै अर्कै आएकाले कुखुरा र सुँगुरलाई कुँडो बनाएर खुवाउन थालिएको स्थानीयवासी रेशम विकले बताए । गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले राहत वितरणका लागि वडालाई नै जिम्मा लगाइएको जानकारी दिँदै लापरवाही गर्नेलाई कारवाही गरिने बताए ।

वडाध्यक्ष ध्रुवप्रसाद लामिछानेले भने सो क्षेत्रमा राहत वितरण गर्न जिम्मेवारी वडा सदस्यलाई दिइएकाले चामल कस्तो पर्‍यो भन्ने आफूले थाहा नभएको बताए । थोक बिक्रिताको कारण सडेको चामल बिक्री भएको पाइए थोक बिक्रेतालाई कारवाही गरिने उनको भनाइ छ ।

वडाध्यक्षा लामिछानेले  उक्त चामल फिर्ता गरी शुक्रबार अर्को वितरण गर्न लागिएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  २ : ५३ बजे

रुपन्देही क्रिकेट संघको अध्यक्षमा शक्ति गौचन दोस्रोपटक पराजित

भैरहवा – रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा पूर्वराष्ट्रिय क्रिकेटर शक्ति

होल्डिङ सेन्टरमा औषधीको भरमा बाँचिरहेकी पुष्पा

काठमाडौँ – छेउमै प्लास्टिकमा पोको पारेर राखिएको औषधीको बिटो छ

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

दाङ– दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक जनाको

बेल्जियम लिगमा नेपाली खेलाडीको दबदबा: गुल्सन र ललितले देखाए जादू, सन्दीप र दीपेन्द्रले आज खेल्ने

काठमाडौँ – नेपालका आठ क्रिकेटरले बेल्जियममा जारी ‘इयू टी–२० बेल्जियम

‘आईपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम

भरतपुर– चितवनका किसानलाई प्रगति एकीकृत शत्रुजिव व्यवस्थापन (आईपीएम) कृषक पाठशालासम्बन्धी