‘कोरोनाको महामारी नसकिँदै फुटबल लिग शुरु गर्ने कुरा गैरजिम्मेवार’ « Khabarhub

‘कोरोनाको महामारी नसकिँदै फुटबल लिग शुरु गर्ने कुरा गैरजिम्मेवार’


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नोबेल कोरोना भाइरस (कोभिड १९) का कारण स्थगित फुटबल प्रतियोगिता हतारमा शुरु गर्नु ‘गैजिम्मेवार’ भएको फिफा अध्यक्ष गियनी इनफान्टिनोले बताएका छन् ।

कोरोनाको महाव्याधिका कारण अहिले विश्वभर अधिकाशं फुटबल लिगहरु बन्द छन् । युरो २०२०, कोपा अमेरिका र महिला युरो २०२० जस्ता महत्वपूर्ण प्रतियोगिताहरु अर्को वर्षका लागि स्थगित भइसकेका छन् भने फुटबल लिगहरु सिजनको बीचैमा स्थगित भएका छन् ।

‘कुनै खेल, प्रतियोगिता वा लिग आयोजनाका लागि मानव जीवन जोखिममा राख्नु कुनै पनि हालातमा राम्रो होइन,’ इनफान्टिनोले भनेका छन्, ‘जोखिम मोल्नु भन्दा केही समय पर्खिनु राम्रो हुनेछ ।’

विश्वभरका ठूला प्रतियोगिता स्थगित भएपनि अहिले बेलारुस, बुरुन्डी, निकारागुवा र ताजकिस्तानमा संचालनमा रहेको छ ।

विश्व फुटबलको नियामक निकाय फिफाका अध्यक्षले खेल भन्दा पहिला मानव जिवनको सुरक्षा पहिलो प्राथमिकतामा पर्नु पर्ने बताउँदै आएका छन् ।

‘म कसैलाई पनि दबाब दिन चहान्न,’ इनफान्टिनोले आफ्ना २११ वटै संघलाई भनेका छन्, ‘हाम्रो पहिलो प्राथमिकता, सिद्धान्त, हरेकलाई स्वास्थय महत्वपूर्ण कुरा हो भन्नेमा जागरुक गराउनु पर्छ । यो कुरा विश्वभरका हरेक व्यक्तिले दिमागमा राख्नु पर्छ ।’

कोरोनाले युरोप र अमेरिकालाई इपिसेन्टर नाइरहँदा फुटबल लिगको जारी सिजनलाई कसरी शुरु गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ । तर, इनफान्टिनोले भनेका छन्, ‘शतप्रतिशत कोरोना महामारी निको नभएसम्म खेल शुरु गर्ने भन्ने कुरा गैरजिम्मेवार कुरा हो ।’

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ७ : ५६ बजे

होलीमा ‘जोगिरा’ सुनिन छाड्यो, संस्कृतिप्रेमीहरू चिन्तित

धनुषा– वसन्त ऋतुको आगमनसँगै मिथिलाञ्चलका गाउँटोलमा गुञ्जिने होलीको सुमधुर धुन

कास्कीका मतदान अधिकृतलाई अभिमुखीकरण तालिम सुरु

काठमाडौं– कास्की जिल्लामा आगामी हुने स्थानीय निर्वाचनमा खटिने मतदान अधिकृत

मोरङमा दुई अस्थायी मतदान केन्द्र राख्न आयोगलाई सिफारिस

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको लागि मोरङमा

मानकाजी ग्याबा एमाले त्यागेर कांग्रेस प्रवेश, मोहन आचार्यले गरे स्वागत

रसुवा– नेकपा एमाले बागमती प्रदेश सल्लाहकार कमिटी सदस्य तथा पूर्व

गैरआवासीय नेपालीका ११८ पेशाकर्मीको संयुक्त अपिल : कांग्रेसलाई मतदान गरौँ

काठमाडौं- अमेरिका लगायतका विभिन्न मुलुकमा बसोबास गर्दै आएका विभिन्न पेशामा