अमेरिकामा एकै दिन कोरोनाभाइरसले १ हजार ८ सय बढीको मृत्यु « Khabarhub

अमेरिकामा एकै दिन कोरोनाभाइरसले १ हजार ८ सय बढीको मृत्यु


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा आइतबार विहान समाचार तयार पार्दासम्म १ हजार ८७२ बढीले जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या २० हजार ५५५ पुगेको छ ।

अमेरिकामा एकैदिन २८ हजार ३८१ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५ लाख ३१ हजार २५७ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये २९ हजार ८१८ जना उपचारपछि निको भएका छन् । ११ हजार ३२० जनाको अवस्था गम्भीर रहेको । ४ लाख ८० हजार ८८४ जना उपचाररत छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म १ लाख ८ हजार ७३७ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १७ लाख ७६ हजार ९ सय भन्दा बढी रहेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ५ : ३५ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर