विदेशी भूमिमा यो बज्रपात ! « Khabarhub

विदेशी भूमिमा यो बज्रपात !


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । ‘कृष्णकुमार जी ! तपाईंलाई कोरोना पोजेटिभ देखिएको छ, सुरक्षित भएर बस्नुहोला ।’
दुबई हेल्थ अथोरेटीबाट फोन आयो ।

‘आतिएँ… छाँगाबाट खेसेझैँ भएँ… ! यो भाइरसबाट बच्ने औषधि पनि छैन भन्ने सोच्न थालेँ । अब स्वदेश फर्कन नपाउने भएँ । श्रीमती र छोराको बिजोग हुने भयो ।’

मोरङका ३२ वर्षीय कृष्णकुमार चौधरी केही वर्षदेखि रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्स (युएई) मा छन् । अस्पतालले उनलाई कोरोना भाइरस संक्रमण भएको जानकारी दियो । उनी अहिले युएईमै क्याम्पको क्वारेनटाइनमा छन् ।

यता नेपालमा चैत १७ गते उनकी आमाको निधन भयो । कोरोना संक्रमण रोक्न नेपालमा लकडाउन भएको एक साता भएको थियो । उनी आमाको निधनमा घर फर्किन पाएनन् । उतै आमाको काममा (शोक बारेर) बसेका थिए ।

शोक बारेर बस्दा कृष्णकुमारले खानामा मुख बारेका थिए । सामान्य रुघाखोकीको लक्षण देखियो । उनले भने, ‘सँगै बसेका साथीहरूले स्वास्थ्य परीक्षण गराउँदा कोरोना भाइरस लागेको पुष्टि भएछ, त्यसपछि तत्काल गएर परीक्षण गराएँ ।’

कृष्णकुमार आमाको काममा थिए । पाँच दिन भएको थियो ।

बज्रपातको कुनै हद हुँदैन शायद ।

अचानक उनका बुबाको पनि निधन भयो । विदेशी भूमिमा आमाबुबाको निधनको शोकमा रहेकै बेला दुबई हेल्थ अथोरिटीबाट कोरोना पोजेटिभ देखिएको खबर पाए ।

‘एकातिर घर फर्किन नपाउनुको पीडा छ, त्यसमाथि झनै कोरोना पोजेटिभ देखिएको खबरले मलाई पीडा दियो’ उनले भने, ‘मैले आत्मबल बलियो बनाएँ र पशुपतिनाथलाई पुकारिरहेँ ।’

कृष्णकुमारले कोरोना भाइरससँग लड्न शरीरलाई उच्च तापक्रममा राख्नुपर्छ भन्ने सुनेका थिए । उनी भन्छन्, ‘अहिले नियमितरूपमा पानी उमालेर त्यसमा दुई थोपा बोझो हाल्छु र दिनमा २ पटक करिब १० मिनेटसम्म वाफ लिने गरेको छु ।’

बिस्तारै कोरोना संक्रमणका लक्षणहरू हट्दै गएको र सन्तुष्टि मिलेको उनले बताए । उनले भने, ‘ज्वरोको औषधि खाएँ, तातो पानीको वाफ लिएपछि रुघाखोकी कम हुँदै गयो ।’

उनी अहिले स्वास्थ्य अवस्थामा ठिक भएको महसुस गर्न थालेका छन् । ‘१२ दिनअघि कोरोना पोजेटिभ देखिएको थियो’ उनले भने, ‘नडराई घरमै सुरक्षित भएर बस्न थालेँ, इम्युनिटी पावर बढाउँदै लगेँ, अहिले अवस्था सामान्य छ ।’

शनिबार बिहान चिकित्सकले उनको परीक्षण गरेर ९० प्रतिशत सुधार आएको जनकारी गराए ।

‘लक्षणहरू विस्तारै हराउँदै गएका छन् अब फर्किंदैन होला । मैले कोरोनालाई जितेको महसुस गरेको छु,’ खबरहबसँग सम्पर्कमा आएका कृष्णकुमारले भने, ‘सोमबार १४ दिन पुग्छ, त्यो परीक्षण रिपोर्ट नोगेटिभ देखिन्छ भन्ने विश्वास लिएको छु ।’

कृष्णकुमारको सन्देश जस्ताको तस्तै

धैर्य, सहनशीलता, लगनशीलता र जोशले सबैलाई बाधाहरूको बाबजुद पनि अघि बढाउँछ । ज्याकले भनेका पनि छन्- यदि तपाईंले हरेस खानु भएन भने तपाईसँग अझै मौका छ । जीवनमा धैर्य गर्न सक्नु एउटा सफलता हो ।

नेपालमा लकडाउन उल्लंघन गर्दै मानिसहरू हिँडिरहेको समाचार पढिरहेको छु । कृपया लकडाउन पालना गर्नुहोस् । कोरोनालाई ख्यालख्याल नसम्झनुहोस् । यो महामारीलाई जित्न सुरक्षित भएर घरमै बस्नुपर्छ ।

सामान्य ज्वरो आउँदैमा आत्तिनु हुँदैन । नआतिनुहोस् । स्वस्थ्यको ख्याल गर्नुहोस् । ज्वरो जसलाई पनि आउँछ । ज्वरो आइहालेमा सिटामोल खानुहोस् । आत्मबल कमजोर नबनाउनुहोस् ।

रुघाखोकी लागेको छ भने तातो पानीको वाफ लिनोस् । धैर्य गर्नुहोस् । निको हुन्छु भन्ने आत्मविश्वास पैदा गर्नुहोस् । हरेस खानुभयो भने कोरोनाले जित्छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ७ : ५६ बजे

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा

त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग सञ्चालन

धादिङ – त्रिशूली नदीले सडक कटान गरी भासिएपछि अवरुद्ध बनेको

रियाद विमानस्थलमा घातक आक्रमणपछि हुथीविरुद्ध प्रतिकार गर्ने साउदी गठबन्धनको चेतावनी

रियाद- साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा भएको

श्रममन्त्री यादवद्वारा भक्तपुरमा एभरेष्ट मल्टी स्किल प्रालिको उद्घाटन

भक्तपुर– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राष्ट्रिय तथा अन्तरराष्ट्रिय

कैलालीका किसान धानबाली भित्र्याउँदै

धनगढी– कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ