राहत पाएपछि भारतीय मजदूरले भने- नेपाल सरकारलाई धेरै धेरै धन्यवाद ! « Khabarhub

राहत पाएपछि भारतीय मजदूरले भने- नेपाल सरकारलाई धेरै धेरै धन्यवाद !


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घोडाघोडी- आइतबार बिहानै राजेश गुप्ता नाम गरेका भारतीय नेपाल सरकारलाई धन्यवाद दिँदै खुशी मुद्रामा हिँडिरहेका थिए ।

उनीमा खुशीको कुनै सीमा थिएन, उनी भन्दै थिए– हामी नेपालमा मजदुरी गरेर खाने भारतीय मानिसलाई यहाँको सरकारले हे¥यो, सरकारलाई धेरै–धेरै धन्यवाद ।

उनीजस्तै भारतको लखीमपुर घर भएका घोडाघोडी नगरपालिका–१ सुखडमा डेरा गरी बस्दै आएका गाउँगाउँमा गएर कपडा बेचेर गुजारा चलाउँदै आएका अजीज गुप्ताको परिवार पनि शनिबार राति पाउरोटी खाएर सुतेको थियो ।

उनीहरूलाई चिन्ता थियो आइतबारदेखि के खाने भनेर । जब बिहान भयो उनले सुने वडा कार्यालयले भारतीय मजदुरलाई खाद्यान्न दिँदैछ भनेर ।

उनीमा खुशीको सीमा रहेन, उनी बिहानै वडा कार्यालयले खाद्यान्न वितरण गर्ने ठाउँमा आए र खाद्यान्न लिएर फर्कँदै गर्दा उनले पनि नेपाल सरकार र वडा कार्यालयलाई अन्नदाता भएर आएको भनी धन्यवाद दिए ।

आइतबार घोडाघोडी नगरपालिका–१ वडा कार्यालयले विश्वमा माहामारीको रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण नेपालमा रहेका दैनिक ज्याला मजदुरी गर्न नपाएर समस्यामा परेका भारतीय मजदुरलाई कार्यालयले खाद्यान्न वितरण गरेपछि यहाँ रहेका भारतीय मजदुरहरूले यस्तो प्रतिक्रिया दिएका हुन् ।

कैलालीको घोडाघोडी नगरपालिका–१ मा रही मजदुरी गरिखाने कोही पनि भोकै नबसुन् भन्ने उद्देश्यले भारतीय नागरिकलाई खाद्यान्न वितरण गरिएको वडाध्यक्ष मनराज शाहीले जानकारी दिए ।

“हामीले यसअघि वडाका २०० भन्दा बढी अतिविपन्न परिवारलाई राहत खाद्यान्न वितरण ग¥यौँ र अहिले उहाँहरूलाई वितरण ग¥यौँ”, वडाध्यक्ष शाहीले भने ।

नेपाल–भारत सिमानामा कैयौँ नेपाली अलपत्र छन् । उनीहरूको व्यवस्थापन त्यहाँ भइरहेको हामीले सुनेका छौँ, त्यस्तै यहाँ रहेका भारतीय दाजुभाइको व्यवस्थापन गर्नु हाम्रो जिम्मेवारी हो भन्ने लागेर आफूहरूले वडा कार्यालयमार्फत खाद्यान्न सामग्री वितरण गरेको अध्यक्ष शाहीले बताए ।

वडा कार्यालयले आइतबार मजदुरी गरी खाने २५ भारतीय परिवारलाई चामल, दाल, तेल, नुन, भटमासलगायतका खाद्यान्न सामग्री वितरण गरेको हो ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  १२ : ०२ बजे

गृहमन्त्री गुरूङ र दुई आईजीपी फेरि छलफलमा जुटे, थप नेताहरू पक्राउ पर्न सक्ने 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ नेपाल प्रहरी र सशस्त्र

प्रधानमन्त्री शाहलाई नेकपाको बधाई, सरकारको कदमप्रति ध्यानाकर्षण

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र

ढोरपाटनमा दोस्रो यामको सिकार सुरु

गलकोट– नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा अहिले दोस्रो यामको

भीरबाट लडेर घाइते एक जनाको निधन

अदानचुली– शुक्रबार दिउँसो भीरबाट लडेर गम्भीर घाइते चङ्खेली गाउँपालिका–२ गर्खाका अक

एमाले अध्यक्ष ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी