अमेरिकासँगको वार्ताका लागि उत्तर कोरिया अझै ‘सकारात्मक’ « Khabarhub

अमेरिकासँगको वार्ताका लागि उत्तर कोरिया अझै ‘सकारात्मक’


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


सियोल– उत्तर कोरियाले आफ्ना कर्मचारीलाई अन्तर–कोरियाली सम्पर्क कार्यालयमा पुनः फिर्ता पठाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भियतनामको हनोईमा भएको वार्ता विनानिष्कर्ष टुङ्गिएपछि उत्तर कोरिया र अमेरिकाबीच अन्यौल बढिरहेका समय गत हप्ता प्योङयाङले एक तर्फीरूपमा आफ्ना कर्मचारीलाई उक्त कार्यालयबाट फिर्ता बोलाएको थियो ।

तर कर्मचारी फिर्ता बोलाएको केही दिनमै उत्तर कोरियाले आफ्ना केही कर्मचारीलाई सम्पर्क कार्यालयमा फिर्ता पठाउनुले उत्तर कोरिया अझै पनि छलफल र वार्ताका लागि तयार रहेको पुष्टि गर्ने प्रयास प्योङयाङको रहेको देखिएको छ ।

“केही उत्तर कोरियाली कर्मचारी दक्षिण–उत्तर संयुक्त सम्पर्क कार्यालयमा सोमबारदेखि फर्केका छन्,” पछिल्लो गतिविधिबारे जानकारी गराउँदै दक्षिण कोरियाली एकीकरण मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दुई कोरियाबीचको सम्बन्धमा केही सुधार आएपछि यसलाई दीर्घरूप दिन र कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्न कोरियाली सीमा क्षेत्रस्थित उत्तरी शहर केसङमा गत बर्षको सेप्टेम्बरमा स्थापना गरिएको थियो ।

उत्तर कोरियाले कर्मचारी फिर्ता बोलाउनुको कारणबारे कुनै औपचारिक धारणा सार्वजनिक नगर्दै उसले कर्मचारीलाई पुनः फिर्ता पठाउने निर्णय गरेको हो ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  १ : ५२ बजे

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको