कोरोना संक्रमितको उपचारका लागि तयार भयो सशस्त्र प्रहरी अस्पताल « Khabarhub

कोरोना संक्रमितको उपचारका लागि तयार भयो सशस्त्र प्रहरी अस्पताल


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल कोरोना भाइरसको संक्रमितहरुको उपचारका लागि तयार भएको छ ।

सरकारले गरेको निर्णयानुसार सशस्त्र प्रहरी अस्पताललाई कोरोना विशेष अस्पतालका रुपमा कोरोना संक्रमित बिरामीहरुको उपचारका लागि तयार गरिएको हो ।

आइतबार कोरोना संक्रमण रोकथामका लागि गठित उच्चस्तरीय समितिका संयोजक एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा (बादल) र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अस्पतालको स्थगलगत निरीक्षण समेत गरेका छन् ।

अस्पतालको निरीक्षणका क्रममा कोरोना विशेष अस्पतालका रुपमा तयार पारिएको भौतिक पूर्वाधार र व्यवस्थापनको अवस्था हेर्दा खुसी लागेको मन्त्रीहरुले प्रतिक्रिया दिएका छन् ।

गृहमन्त्री बादलले कोरोना विशेष अस्पतालको भौतिक पूर्वाधार लगायत आवश्यक व्यवस्था तयार भइसकेको जानकारी प्राप्त भएको बताएका छन् ।

‘आज (आइतबार) बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पताल, जुन अहिले कोरोना विशेष अस्पतालको रुपमा विकास गरिएको छ, त्यहाँ पुगेर यसको अवस्थाबारे जानकारी लियौं,’ गृहमन्त्री थापाले आफ्नो फेसबूकमा लेखेका छन्, ‘छाटो समयमै यसका लागि आवश्यक भौतिक पूर्वाधार लगायतका व्यवस्था तयार भइसकेको जानकारी पाउँदा खुसी लागेको छ ।’

निरीक्षणका क्रममा आफूहरुले अस्पतालका लागि आवश्यक सबै सहयोग गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिएको पनि गृहमन्त्री थापाले उल्लेख गरेका छन् ।

सरकारले कोरोना संक्रमितको उपचारका लागि सशस्त्र प्रहरी अस्पतालसहित छाउनीस्थित सैनिक अस्पतालमा पनि व्यवस्थापन गरेको छ ।

दुवै अस्पतालमा गरी १ सयभन्दा बढी आइसोलेटेड बेड र १० वटाको हाराहारीमा सघन उपचार कक्ष बनाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ५ : ४१ बजे

भाइरल बन्न ‘चिप’ शब्द हाल्दा बहिष्कारमा दुर्गेश-प्रियंका

काठमाडौं – एक नाबालिग गायिकाको बालत्कार प्रकरणमा जोडिएपछि बहिष्कारमा परेका

मनिता मृत्यु प्रकरणमा परिवारलाई ३९ लाख क्षतिपूर्ति दिन अदालतको आदेश

काठमाडौं– उपभोक्ता अदालतले प्रसूतिको क्रममा मृत्यु भएका मनिता शर्माको परिवारलाई

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा सरकारले

एनसेल एपमा ‘शेक एन्ड विन’, ग्राहकलाई सर्प्राइज उपहारहरू 

काठमाडौं– एनसेलले एनसेल एपमा आकर्षक ‘शेक एन्ड विन’ अफर सञ्चालनमा ल्याएको छ

विश्वकप फाइनलमा गुरू-शिष्य आमनेसामने, डे ला फुएन्तेसँग फुटबल प्रशिक्षण पढेका थिए स्कालोनीले

काठमाडौं- फिफा विश्वकपको फाइनलमा नेपाली समयअनुसार सोमबार बिहान स्पेन र