वन कर्मचारीको कमाउ धन्दा, जडिबुटी निकासीमा डेढ करोडको घोटाला « Khabarhub

वन कर्मचारीको कमाउ धन्दा, जडिबुटी निकासीमा डेढ करोडको घोटाला


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– तत्कालीन जिल्ला वन कार्यालय डोल्पाका कर्मचारीले जडिबुटी निकासीमा अनियमितता गरेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

जिल्ला वन कार्यालयका कर्मचारीहरुले स्थानीय जग्गा धनी तथा जडिबुटी ठेकेदारसँगको मिलेमतोमा डेढ करोड रुपैयाँ बराबरको अनियमितता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनबाट पत्ता लागेको छ ।

तत्कालीन जिल्ला वन अधिकृत राम तिवारी ठाकुरसहितले निजी हकभोगको जग्गाबाट जडिबुटी संकलन गरेको भनी नक्कली छुटपूर्जी बनाएर राष्ट्रिय वनबाट संकलन गरिएको जटामसी बाहिरी जिल्ला निकासी गरेका थिए ।

जिल्ला वन अधिकृत ठाकुरसहितको मिलेमतोमा १ लाख ८५ हजार ९ सय ९६ किलो जटामसी नक्कली छुटपूर्जी बनाएर जिल्ला बाहिर निकासी गरिएको थियो । अख्तियारका अनुसार उक्त जटामसीको मूल्य १ करोड ४८ लाख ६९ हजार ६ सय ८० रुपैयाँ बराबरको हुन आउँछ ।

अख्तियारले तत्कालीन जिल्ला वन अधिकृत ठाकुर, फरेस्टर रुद्र बहादुर बुढा तथा भीम बहादुर बुढाविरुद्ध जनही १ करोड ४८ लाख ६९ हजार ६ सय ८० रुपैयाँ बिगो, जरिवाना र कैद सजाय माग गर्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ५ : १३ बजे

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको

ट्याक्टरले च्यापिएर चालकको मृत्यु

गोरखा – गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री