लकडाउन उल्लंघनको ‘विवादका कारण’ सप्तरीमा १ महिलाको मृत्यु « Khabarhub

लकडाउन उल्लंघनको ‘विवादका कारण’ सप्तरीमा १ महिलाको मृत्यु


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजबिराज– लकडाउन उल्लंघनको विषयमा प्रहरीसँगको विवादका क्रममा बोहोस भएर ढलेकी एक बृद्धाको उपचारका क्रममा मृत्यु भएको छ ।

सप्तरीको खड्ग नगरपालिका–६ बीरपुरमा लकडाउन उल्लंघन गरेर बाहिर निस्किएका युवामाथि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले स्थानीय युवाहरुलाई घर भित्र जान अनुरोध गरेपनि युवाहरुले प्रतिवाद गरेपछि लाठी प्रहार गरेको थियो ।

त्यसक्रममा स्थानीय ६५ वर्षीया जयनव खातुन पनि प्रतिवादका लागि सडकमा आएकी थिइन् । स्थानीयका अनुसार प्रहरीसँग बादविवादमै उत्रिएकी खातुन बेहोस भएर सडकमै ढलेकी थिइन् ।

बेहोस भएर ढलेकी उनलाई प्रहरीले गाडीमा राखेर उपचारका लागि स्थानीय अस्पतालमा लगिएकोमा त्यहाँबाट थप उपचारका लागि गजेन्द्रनारायाण सिंह सथरमाथा अञ्चल अस्पताल पुर्‍याइएको थियो । अस्पतालका चिकित्सकले भने उनको मृत्यु भइसकेको घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी तिलक भारती मृतक खातुन पहिलेदेखि नै मुटुको रोगी रहेकी बताउँछन् । स्थानीयले भने प्रहरीले कुटेका कारण खातुन बेहोस भएर ढलेको र सोही कारण उनको मृत्यु भएको बताएका छन् ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ३ : २५ बजे

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत