राजेन्द्र महतोको आरोप : ओली सीके राउतको प्रवक्ता बने (भिडियो सहित) « Khabarhub

राजेन्द्र महतोको आरोप : ओली सीके राउतको प्रवक्ता बने (भिडियो सहित)


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली सिके राउतको प्रवक्ता बनेको टिप्पणी गरेका छन् । नेता महतोले प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीतिमा एकपछि अर्को अपरिपक्वता प्रर्दशन गरिरहेको आरोप लगाए ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले टिकापुर घटनालाई राजनीतिक घटनाको रुपमा बुझिदिन पनि सबैलाई आग्रह गरे ।
नेता महतोले तत्कालीन माओवादी सशष्त्र युद्धलाई जनयुद्ध भन्न मिल्ने तर टिकापुर घटनालाई अपराधिक गतिविधि भन्दै रेशम चौधरीलगायतका राजनीतिक व्यक्तिहरुलाई जन्मकैदको सजाय दिइको उल्लेख गर्दै आपत्ति पनि जनाए ।

उनले झापा आन्दोलनलाई राजनीतिक आन्दोलन भनेजस्तै टिकापुर घटनालाई पनि थरुहट आन्दोलनको रुपमा लिनुपर्ने बताए ।

प्रधानमन्त्रीविरुद्ध खनिए महतो बाँकी भिडियोबाटै

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ५ : ४० बजे

मनसुन सक्रिय भएसँगै देशभर झाडापखालाका बिरामी बढे, उपत्यकामा हैजाको जोखिम उच्च

काठमाडौँ – मनसुन सक्रिय भएसँगै देशभर लगातार भइरहेको वर्षाका कारण

बाँकेको जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

नेपालगञ्ज– बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु

अत्यावश्यक औषधि उत्पादनको समझदारी

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच

एक वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

काठमाडौँ– विद्युत विकास विभागले आर्थिक वर्ष २०८२–८३ मा जलविद्युत्तर्फ ९९

दुई फर्मलाई वाणिज्य विभागको जरिवाना

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई