सन् २०२१ अघि अन्तर्राष्ट्रिय उडान नखोल्ने अष्ट्रेलियाको संकेत « Khabarhub

सन् २०२१ अघि अन्तर्राष्ट्रिय उडान नखोल्ने अष्ट्रेलियाको संकेत


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीका कारण अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको अष्ट्रेलियाले सन् २०२१ अघि प्रतिबन्ध नहटाउने संकेत गरेको छ ।

अष्ट्रेलियाका संघीय पर्यटनमन्त्री सिमोन बर्मिङघमले अन्तर्राष्ट्रिय ट्राभल एजेन्टहरुलाई सन् २०२० का कुनै पनि अन्तर्राष्ट्रिय विदाको प्याकेज बुकिङ नगर्न सुझाव दिएका छन् ।

एबीसी न्यूजलाई दिएको अन्तर्बार्तामा बर्मिङघमले भने,’ ‘तपाइँहरुले डिसेम्बरसम्म त्यस्ता यात्रा गर्न पाउनुहुनेछ भनेर म ग्यारेन्टी गर्न सक्दिन,’ उनले भने ‘यो यस्तो समय हो जतिबेला मानिसहरु अन्तर्राष्ट्रिय विदा मनाउन जान सकिरहेका छैनन् र यो अझै केही समयसम्मका लागि रहन्छ ।’

आन्तरिक उडान भने भने आउँदा महिनामा खुला हुन सक्ने उनले बताएका छन् । अष्ट्रेलियाले कोरोनाभाइरसको कारण अन्तर्राष्ट्रिय उडानमा कडा प्रतिबन्ध लगाएको छ ।

अत्यन्तै जरुरी बाहेक अन्तर्राष्ट्रिय यात्रा गर्न पाइँदैन र बाहिरबाट फर्कनेहरु अनिवार्य १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको छ । अष्ट्रेलियामा सोमबारसम्म कोरोना भाइरसका कारण ६१ जनाको मृत्यु भएको छ भने ६ हजार ३९४ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  १० : ०४ बजे

इरान बोल्यो : अहिले पनि अवस्था अझै युद्धजस्तै, डकैती आरोपमा अमेरिकाविरुद्ध राष्ट्र संघमा उजुरी

तेहरान- इरानले देशको वर्तमान अवस्था अझै ‘युद्धजस्तै’ रहेको बताएको छ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी झापा हल्दिवारी गाउँपालिका-२ घर भएका ३०

रोल्पा घटनाका दोषीलाई कारबाही गर्न वर्षमान पुनको माग

रोल्पा– रोल्पाका सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता

बालेन पनि अध्यादेशकै बाटोमा जाँदा विपक्षी दलको मोर्चाबन्दी, एकसाथ भने- असंसदीय कदम सच्याइयोस्

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकार पनि संसद् छलेर अध्यादेशतिर

वैदेशिक रोजगारीका नाममा ठगी, तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु