शाहरुखले महाराष्ट्रलाई दिए २५ हजार पीपीई « Khabarhub

शाहरुखले महाराष्ट्रलाई दिए २५ हजार पीपीई


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – कोरोना भाइरससँगको लडाइँमा डाक्टर, नर्स र अन्य मेडिकल स्टाफले ज्यानको बाजी लगाएका छन् । यसैबीच बलिउड सुपरस्टार शाहरुख खानले महाराष्ट्रको फ्रन्टलाइन मेडिकल स्टारको सुरक्षाका लागि २५ हजार पीपीई किट दिएका छन् ।

यसको जानकारी महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले ट्वीट गरेर दिएका हुन् । उनले भनेका छन्, ‘यो हेल्थकेयर वर्कर्सका लागि सहयोगी हुनेछ ।’

स्वास्थ्यमन्त्रीले शाहरुखलाई धन्यवाद दिँदै ट्वीट गरेका छन् । मुख्यमन्त्रीले केन्द्र सरकारसँग एन९५ मास्क, पीपीई र ग्लब्स जस्ता सुरक्षा सामग्री उपलब्ध गराइदिन अनुरोध गरेका थिए ।

स्वास्थ्यमन्त्रीको ट्वीटमा जवाफ दिँदै शाहरुले धन्यवाद व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘किट मगाउनमा तपाईंले जुन सहयोग गर्नुभयो, त्यसका लागि आभारी छु ।’

शाहरुखले यसअघि पनि कोरोनाविरुद्धको लडाइँका लागि भन्दै सहयोग गरिसकेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ११ : ४७ बजे

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार

आज २०८२ साल पुस ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार