धारिलो हतियार देखाएर किशोरीमाथि सामूहिक बलात्कार गर्ने ४ जना पक्राउ | Khabarhub Khabarhub

धारिलो हतियार देखाएर किशोरीमाथि सामूहिक बलात्कार गर्ने ४ जना पक्राउ


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– १७ वर्षीया किशोरीमाथि सामूहिक रुपमा बलात्कार गरेको आरोपमा कैलाली प्रहरीले ४ जना युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–४ का २४ वर्षीय नरेश भट्ट, २१ वर्षीय अर्जुन सावद, २० वर्षीय निर्मल चौधरी र २० वर्षकै नरेश नेपाली छन् ।

प्रहरीका अनुसार उनीहरुले सोमबार साँझ गोरीगंगा–१ चनौरामा आफन्तको घरबाट फर्किरहेकी १७ वर्षीया युवतीमाथि सामूहिक रुपमा बलात्कार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी दक्षकुमार बस्नेतका अनुसार चारै जनाले युवतीलाई धारिलो हतियार देखाएर ज्यान मार्ने धम्की दिइ बलात्कार गरेका थिए ।

उनीहरुले स्थानीय सडकबाट करिब १ मिटर भित्र झाडीमा लगेर युवतीमाथि बलात्कार गरेका जनाइएको छ ।

प्रहरीले पक्राउ परेका ४ जनाको साथबाट हसिया र मोटरसाइकल समेत बरामद गरेको छ । पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  २ : ४२ बजे

हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास

काठमाडौं– पूर्वयुवराज्ञी हिमानी शाहले जुम्लामा बर्थिङ सेन्टर शिलान्यास गरेकी छन्

फिल्म ‘रातो पासपोर्ट’ निर्माण घोषणा, पोर्चुगलको थिममा टाइटल पोस्टर

काठमाडौं – सिबर्डस् पिक्चर्स र होप्स बजले ट्राइडेन्ट कन्सेप्टसँग सहकार्य

स्कटल्यान्डले गुमायो पाचौँ विकेट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ मा आइतबार भइरहेको खेलमा नेपालले

‘अर्थमन्त्रीज्यू ! डेड हर्स थ्यौरीतिर नलागौँ’

अङ्ग्रेजीमा ‘डेड हर्स थ्यौरी’ भन्ने एउटा मेटाफर (रूपक) छ, जसमा

आईपीओ निष्कासनमा चलखेलको खबरपछि मिडियामाथि खनिए सेबोन कर्मचारी

काठमाडौँ –नेपाल धितोपत्र बोर्ड (सेबोन)को ३३औँ वार्षिकोत्सव अवसरमा ललितपुरस्थित होटल