लकडाउन कार्यान्वयन गर्ने क्रममा प्रहरीमाथि ढुङ्गामुडा, १२ जना पक्राउ | Khabarhub Khabarhub

लकडाउन कार्यान्वयन गर्ने क्रममा प्रहरीमाथि ढुङ्गामुडा, १२ जना पक्राउ


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– लकडाउनको आदेश कार्यान्वयन गर्ने क्रममा प्रहरी टोलीमाथि ढुङ्गा प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । कोविड –१९) को जोखिम हुन नदिन सरकारले जारी राखेको बन्दाबन्दी(लकडाउन)को उल्लङघन गरी हिडडुल गरिरहेका स्थानीयलाई सम्झाउन पुगेको जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीमाथि सिरहा नगरपालिका १७ पटेर्वाका स्थानीयले ढुङ्गामुढा गर्न थालेपछि गएराती प्रहरी र स्थानीयबीच झडप भएको थियो ।

सो क्रममा ढुङ्गा लागेर चार जना प्रहरी घाइते भएको थिए । प्रहरीले स्थितिलाई नियन्त्रण लिन १२ जना स्थानीयलाई पक्राउ गरेको थियो । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालमा राखेर कानुनी कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरिक्षक बिनोद घिमिरेले जानकारी दिए ।

उच्च सतर्कता

कोविड –१९ को जोखिममा रहेको प्रदेश २ मा कोरोना सङक्रमितको सङ्ख्या बढ्दै गएपछि थप सतकर्ता बढाइएको छ । प्रदेश सरकार लकडाउनलाई प्रभावकारी बनाउने र कोभिड–१९ को परीक्षणको दायरा बढाउने रणनीतिमा जुटेको छ । भारतीय सीमा नाकामा सुरक्षा पोष्ट थपिएको प्रदेश २ सरकारका प्रवक्ता आन्तरीक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।

सङक्रमित व्यक्ति पुगेका स्थानलाई उच्च निगरानीमा राखेको र आवश्यक परेको खण्डमा ती स्थानलाई शील गर्नेसम्मको तयारी गरिएको उनले जानकारी दिए । ‘सुरुमा ती स्थानमा चेकजाँच र निरीक्षण गरिनेछ,’ मन्त्री यादवले भने, ‘ती स्थानहरुलाई शील गर्नुपर्ने अवस्था आए, त्यो पनि गर्न सकिने तयारी छ ।’

गत चैत २१ गतेबाट परिक्षण शुरु गरिएको प्रदेश २ मा गत शनिबारसम्म ३६३ जनाको स्वाव सङकलन भएकोमा १३२ जनाको मात्र स्वाव परीक्षण रिपोर्ट आएको छ । सबैको रिपोर्ट निगेटिभ आएको छ । बाँकी २३१ जनाको जाँच रिपोर्ट आउन नसकेको प्रदेश २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताए ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  २ : ५६ बजे

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ

संकटमा माटोका भाँडा व्यवसायी

कैलाली– पछिल्लो समय प्लास्टिकका भाँडा बढी मात्रामा प्रयोग गर्न थालेपछि

केरा पकाउने राइपनिङ चेम्बर अनुदानमा पाएपछि व्यवसायी उत्साहित

चितवन– जिल्लामा केरा उत्पादन गरेर बिक्री वितरणका लागि केरा पकाउने

समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न एमाले तयार : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेले समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न आफूहरू

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रूपमा सेवा सुरु

काठमाडौं– ‘इन्ड्राइभ’ विशेष गरी सबैलाई थाहा होला । इन्ड्राइभ धेरैलाई