क्वारेन्टाइनको छतबाट हाम फालेर भागेका २ जना पक्राउ | Khabarhub Khabarhub

क्वारेन्टाइनको छतबाट हाम फालेर भागेका २ जना पक्राउ


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुरको वेदकोट नगरपालिका–९ सुन्दरपुरस्थित कृषि तालीम केन्द्रको भवनको क्वारेन्टाइनबाट भागेका दुई जनालाई पक्राउ गरी पुनः मंगलबार क्वारेन्टाइनमा राखिएको छ ।

सोमबार राति क्वारेन्टाइनको छतबाट हामफालेर भागेका निरज कुवँर र सुरज कुवँरलाई घरबाटै सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक रामसिंह धामीले बताए ।

‘दुवै जनालाई घरमै फेला पारी ल्याएर पुनः क्वारेन्टाइनमा राखेका छौँ,’ धामीले भने । क्वारेन्टाइनको सुरक्षार्थ दुई जना शुरक्षाकर्मीसमेत तैनाथ गरिएका छन् ।

क्वारेटन्टाइनको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । गत चैत २० गते दुवै जना भारतको नयाँ दिल्लीबाट फर्केपछि क्वारेन्टाइनमा बस्दै आएका थिए । क्वारेन्टाइनमा भारतबाट फर्केका २३ जनालाई राखिएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ३ : ०४ बजे

तेलको मूल्य घट्दा ‘एक्सनमोबिल’ को आम्दानीमा ठूलो झट्का

न्युयोर्क – अमेरिकास्थित ठूला पेट्रोलियम कम्पनीमध्ये एक ‘एक्सनमोबिल’ ले चालु

कोदोको माग बढ्दै उत्पादन घट्दै

तनहुँ – यहाँको व्यास नगरपालिका-१४ केशवटारस्थित रुम्सी सामुदायिक घरबास (होमस्टे)का

कोमल वलीको स्वरमा ‘तीज आयो तीज’ सार्वजनिक

काठमाडौं – हाइटेक भिजनले महिला दिदीबहिनीहरूको महान चाड तीजलाई लक्षित

नेपाल र चीनबीचको सम्बन्ध जनस्तरको आत्मियताले समृद्ध बनेको छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्यतागत ऐतिहासिक जग र

आयआर्जनमा जोडिदैं युवा, सस्तो लगानीमा खोले ‘नल पराल’ खाजा घर

धनगढी – देशमा बढ्दो बेरोजगारी र युवाहरूको विदेश पलायन अहिलेको