क्वारेन्टाइनमा बसेका व्यक्तिमा कोरोनाको संक्रमण नदेखिए के गर्ने ? « Khabarhub

क्वारेन्टाइनमा बसेका व्यक्तिमा कोरोनाको संक्रमण नदेखिए के गर्ने ?


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको संक्रमण रोक्न विदेशबाट आएका व्यक्तिलाई अहिले अनिवार्य क्वारेन्टाइनमा राखिएको छ । यस्तै, कतिपय पालिकाहरुले अन्य शहर तथा संघीय राजधानी काठमाडौंबाट आएका व्यक्तिलाई पनि क्वारेन्टाइनमा राखेका छन् ।

यसरी क्वारेन्टाइनमा राखिएका व्यक्तिको अहिले र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गरिँदैछ । आरडीटीको माध्यमबाट कुनै व्यक्तिमा कोरोना संक्रमण भएको संकेत देखियो कि देखिएन भन्ने पत्ता लाग्छ । जसलाई एन्टिबडी टेस्ट भनिन्छ । एन्टिबडी टेस्टको क्रममा नेगेटिभ रिपोर्ट आएका व्यक्तिलाई क्वारेन्टाइनबाट सिधै घर पठाउने पनि गरिन्छ ।

तर, संघीय सरकारले भने आरडीटी परीक्षणका क्रममा एन्टिबडी रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई पनि थप १ हप्ता घरमै क्वारेन्टाइनमा बस्नुपर्ने गरी कार्यविधि बनाएको छ ।

जसअनुसार क्वारेन्टाइनमा १४ दिन बसेर पनि कोरोना भाइरसको सङ्क्रमण नदेखिएका व्यक्ति पनि थप सात दिन घरमै क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको ‘कोभिड १९को प्रयोगशाला जाँचको राष्ट्रिय निर्देशिका–२०७७’ मा विदेशबाट आएका र क्वारेन्टाइनमा १४ दिनदेखि बसिरहेका कोभिड–१९ को लक्षण चिह्न नदेखिएका व्यक्ति घरमा थप एक हप्ता क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको छ ।

मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा खेम कार्कीले परीक्षणलाई व्यवस्थित बनाउन निर्देशिका जारी गरिएको बताए । निर्देशिकामा प्रयोगशाला परीक्षणबाट पोजेटिभ (सङ्क्रमित) भएका व्यक्तिको सम्पर्क वा संसर्गमा आएका तर घरमै क्वारेन्टाइनमा बसेका, १४ देखि २१ दिन पुगेका र कोभिड–१९ को लक्षण चिह्न नदेखिएका व्यक्ति पनि द्रुत परीक्षण कीट (र्‍यापिड डाइग्नोस्टिक टेस्ट) बाट परीक्षण गर्ने, क्वारेन्टाइनबाट घर पठाउने अवधि पुगेका र क्वारेन्टाइनमा बसेको १४ दिनभन्दा अघि नै आरटी पीसीआर विधिबाट जाँच गर्दा नेगेटिभ रिपोर्ट आएका व्यक्तिको पनि १४ देखि २१ दिनमा परीक्षण गर्ने उल्लेख गरिएको छ ।

यसैगरी पीसीआरबाट अस्पताल वा स्वास्थ्य संस्थामा कोभिड–१९ का शङ्कास्पद वा सङ्क्रमित बिरामीको उपचारमा संलग्न चिकित्सक, नर्स, प्रयोगशालाकर्मी र अन्य कर्मचारी कोभिड–१९ को लक्षण र चिह्नहरू देखिएका स्वास्थ्यकर्मीले अनिवार्य गर्नुपर्ने), प्रयोगशाला परीक्षणबाट पोजेटिभ (सङ्क्रमित) भएका व्यक्तिको सम्पर्क वा संसर्गमा आएका लक्षण र चिह्न नदेखिएका व्यक्ति (संसर्गमा आएको ५–१४ दिनभित्रमा परीक्षण गर्ने) निर्देशिकामा उल्लेख गरिएको छ ।

यसैगरी अस्पतालमा भर्ना भएका निमोनिया र सास फेर्न गाह्रो भएका सबै बिरामी, इन्फ्लुएन्जा माहामारी भएको क्षेत्रका इन्फ्लुएन्जा नभएका (नदेखिएका) १० प्रतिशत नमूना, द्रुत परीक्षण किटबाट परीक्षण गर्दा पोजेटिभ आएका सबै र सोही प्रक्रियाबाट परीक्षण गर्दा नेगेटिभ आएकामध्ये १० प्रतिशत नमूनाको पनि पीसीआरबाट परीक्षण गर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ३ : ४८ बजे

जस्टिन ग्रिभ्सको ऐतिहासिक कीर्तिमान : लगातार ५ ओभरमा मेडन ५ विकेट

काठमाडौँ – वेस्ट इन्डिजका अलराउन्डर जस्टिन ग्रिभ्सले पाकिस्तानविरुद्ध जारी पहिलो

अमेरिका-इरान :आक्रमण रोकेर नेतान्याहु वासिङ्टन पुगे

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र तेहरानबीच ‘अत्यन्त

चिकित्सक संघबाट आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्दकाे घाेषणा

काठमाडौँ– नेपाल चिकित्सक संघले आज (मंगलबार) देशैभरका सरकारी, गैरसरकारी र

अमेरिका-इरान कूटनीतिक वार्ताको प्रयास, हर्मुजमा अझै खिचातानी

वासिङ्टन – अमेरिका र इरानबीच लगातार तेस्रो दिन पनि आक्रमण

विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा– झापाको मेचीनगर नगरपालिका– ६ काँकरभिट्टास्थित अरुणोदय इङ्ग्लिस बोर्डिङ स्कुलको