हिन्दीमा डबिङ गरिएका उत्कृष्ट १० दक्षिण भारतीय एक्सन फिल्म « Khabarhub

हिन्दीमा डबिङ गरिएका उत्कृष्ट १० दक्षिण भारतीय एक्सन फिल्म


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

नेपालमा पछिल्लो समय दक्षिण भारतीय फिल्मप्रति पनि दर्शकको आकर्षण बढ्दो छ । युट्युबमा रिलिज गरिएका धेरैजसो फिल्म नेपालमा एकाएक ट्रेन्डिङमा पुग्ने गरेका छन् । बलिउडका फिल्म युट्युब रिलिज नगरिने कारण पनि दक्षिण भारतीय फिल्म बढी हेर्ने गरिन्छ ।

हामीले यहाँ दक्षिण भारतीय उत्कृष्ट फिल्मको चर्चा गर्दैछौं ।

बाहुबली

प्रभास स्टारर फिल्म ‘बाहुबली’ माहिस्मती राज्यको राजपरिवारको कथा देखाइएको छ । फिल्ममा शक्तिशाली बन्नका लागि परिवारमा हुने छलकपटलाई देखाइएको छ ।

‘बाहुबलीः द बिगनिङ’ र ‘बाहुबलीः द कन्क्लुजन’ गरी दुई भागमा निर्माण गरिएको फिल्म दक्षिण भारतीय फिल्म उद्योगकै सुपरहिट फिल्ममध्ये एक हो । यसका दुवै भाग उत्तिकै दमदार छन् ।

एकका दम (नेनोक्कादिने)

सन् २०१४ मा प्रदर्शनमा आएको यो फिल्ममा आफ्ना बाबुआमाको ज्यान लिने दुष्मनको बदला लिन चाहने एक रकस्टारको कथा फिल्ममा देखाइएको छ । साइकोलोजिकल थ्रीलर यो फिल्ममा महेश बाबुसँगै कृति सेननको अभिनय पनि देख्न सकिन्छ ।

विक्रम भेदा

यो फिल्ममा एक खलनायक र एक सन्काहा प्रहरी अफिसरको कथा देखाइएको छ । आफूलाई पक्राउ गर्न खोज्ने अफिसर(विक्रम)को जीवनमा भेदाले सकारात्मक परिवर्तन ल्याउन खोज्छ । दुईको द्वन्द्वलाई फिल्ममा गज्जबले प्रस्तुत गरिएको छ ।

२४

सुरियाको यो फिल्ममा टाइम ट्राभलको कथा देखाइएको छ । घडी मेकानिकले बनाएको एक घडीले २४ घण्टा अगाडि र पछाडि समय यात्रा गर्न सकिने कथा देखाउँछ ।

बाबुले बनाएको घडीले छोराको जीवनमा ल्याएको परिवर्तनलाई फिल्ममा देखाइएको छ ।

थिरन

सन् २०१६ को यो फिल्ममा प्रहरी अफिसले एक खतरनाक खलनायकलाई पक्राउ गर्न गरिएको कथालाई देखाइएको छ ।


भेदलम

एक दाइ, जो क्याब ड्राइभर हुन्छ । उसले आफ्नी बहिनीलाई चोट पुर्‍याउनेसँग कसरी बदला लिन्छ भन्ने कथा फिल्ममा देखाइएको छ ।

मुफ्ती

यो एक एक्सन क्राइम थ्रीलर फिल्म हो । फिल्ममा एक अन्डरकभर प्रहरी एक डनलाई मार्नका लागि डनकै मान्छे बनेर काम गरेको देखाइएको छ ।

विश्वरुपम

सन् २०१३ मा प्रदर्शनमा आएको यो फिल्मलाई कमल हसनले निर्देशन गरेका हुन् । यो एक्सन स्पाइ फिल्मको दोस्रो भाग सन् २०१८ मा रिलिज भएको थियो ।

एक क्लासिक नर्तकको जीवनको कालो पाटोलाई फिल्ममा देखाइएको छ ।

आइ

विक्रम स्टारर एस शंकरको फिल्म ‘आइ’ मा एक बदलाको कथा देखाइएको छ । फिल्ममा एमी ज्याक्सनको पनि अभिनय छ ।

सन अफ सत्यमूर्ति

अल्लु अर्जुनको शीर्ष भूमिका रहेको फिल्म ‘सन अफ सत्यमूर्ति’ खराब व्यक्तिलाई प्रेम गर्न सिकाइएको छ । फिल्ममा प्रेम र एक्सनलाई कथानक बनाइएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ६ : ५६ बजे

बर्दघाटमा ट्रमा सेन्टरको स्थलगत अनुगमनमा निस्किए विनोद चौधरी

बर्दघाट– नवलपरासी (पश्चिम) क्षेत्र नं. १ का निवर्तमान सांसद एवं प्रतिनिधि

पूर्वराजा झापाबाट फर्किँदै, एयरपोर्ट परिसरमा बढाइयो सुरक्षा व्यवस्था (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ

जलजलामा १८ ठाउँमा एकैपटक शवदाहस्थल निर्माण सुरु

म्याग्दी– जिल्ला सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्र

विमानस्थलमा जुलुस, प्रदर्शन, भेलाजस्ता कार्यक्रम गर्न नपाइने

काठमाडौं– काठमाडौं प्रशासनले अतिसंवेदनशील मानिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा जुलुस,

बंगलादेशमा बीएनपी दुईतिहाइतिर, तारिक रहमानको नेतृत्वमा नयाँ सरकार बन्ने पक्का

ढाका, बंगलादेश – सन् २०२४ को जनविद्रोहपछि भएको बंगलादेशको पहिलो