आरडीटीमार्फत स्थानीय तहमै कोरोना भाइरसको परीक्षण | Khabarhub Khabarhub

आरडीटीमार्फत स्थानीय तहमै कोरोना भाइरसको परीक्षण


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– जाजरकोटका विभिन्न स्थानमा रहेका होम क्वारेन्टाइनमा बसेकाको र्‍यापिड डाइग्गोस्टिक टेस्ट किट (आरडीटी)मार्फत कोरोना भाइरस परीक्षण शुरु गरिएको छ ।

कर्णाली प्रदेश सरकारमार्फत जाजरकोटमा र्‍यापिड डाइगोनोस्टिक टेस्ट किट आइपुगेपछि स्वास्थ्यकर्मीको टोलीले होम क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण थालिएको हो । जिल्लाका ७ वटै स्थानीय तहमा बनाइएका क्वारेन्टाइनमै स्वास्थ्य परीक्षण गर्ने योजनाअनुसार आईतबारदेखि भेरी नगरपालिकाका होम क्वारेन्टाइनमा बसेकाको स्वास्थ्य परिक्षण गरिएको हो । वैशाख ३ गते जिल्लाबाट जाँच टोली खटिने छ । बुधबार जुनिचाँदे गाउँपालिका, ५ गते छेडागाड नगरपालिका र ६ गते शिवालय गाउँपालिका आरडीटी जाँच हुँने छ ।

त्यस्तै बारेकोट गाउँपालिका बैशाख ४ , नलगाड नगरपालिकामा ५ गते र कुशे गाउँपालिकामा ६ गते जाँच गर्न लागिएको प्रमुख जैसीले जानकारी दिए । भेरी नगरपालिकामा आइतबार १४ जनाको जाँच भएको छ भने बाँकी अन्यको आज हुँने उनको भनाइ छ ।

आरडीटी जाँचमा पोजेटिभ भएमा थप जाँचका लागि स्वाब संकलन गरेर पीसीआर मेसिनमा जाँचका लागि सुर्खेत पठाईने उनले जानकारी दिए । पहिलो चरणमा २६० जनाको जाँच गरिने छ । थप अन्य शंका लागेमा पनि जाँच हुने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

पहिलो चरणमा प्रदेश कार्यालयबाट ३ सय थान किट जाजरकोट पठाएको प्रजिअ पन्तले जानकारी दिए । बन्दाबन्दीको समयमा बाहिरबाट आएका र बाहिरी मानिसको सम्पर्कपछि क्वारेन्टाइनमा बसेकाहरुको स्वास्थ्यकर्मीले होम क्वारेन्टाइनमै पुगेर स्वास्थ्य परीक्षण गर्ने छन् ।

आरडिटी किट आइपुगेपछि जाजरकोटमा स्वास्थ्य परीक्षणमा सहज भएको र परीक्षणको काम सबै स्थानीयका क्वारेन्टाइनमा गरिने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । आरडिटी गर्दा र्‍यापिड टेस्ट नेगेटिभ रिपोर्ट देखिएका व्यक्तिलाई घर पठाइने र पोजेटिभ देखिएकालाई क्वारेन्टाइनमै राखेर स्वाब परीक्षण गरिनेछ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ५ : ४१ बजे

नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ – त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–ट्वान्टी सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा आज

कांग्रेसको अव्यवस्थित बसोबास समन्वय विभाग विस्तार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको भूमि व्यवस्था तथा भूमिहीन, अव्यवस्थित बसोबास

ज्ञानेन्द्रका पाँच गल्ती, एक राम्रो काम !

काठमाडौं – आज माघ १९ गते । ०६१ सालमा आजकै

विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह

मलङ्गवा– गैरसरकारी संस्था महासङ्घ नेपाल सर्लाहीसहित विभिन्न सामाजिक सङ्घ–संस्थाहरूले विवाहको

नेपाल–स्टोनिया चेम्बर अफ कमर्स स्थापना हुने 

काठमाडौं– व्यापार र वाणिज्य प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाल–स्टोनिया चेम्बर अफ