लकडाउन अवधिमा दुई अर्ब रुपैयाँको दूध नोक्सान | Khabarhub Khabarhub

लकडाउन अवधिमा दुई अर्ब रुपैयाँको दूध नोक्सान


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको लकडाउन अवधिमा करीब दुई अर्ब दूध नोक्सान भएको छ ।

नेपाल डेरी एशोसिएशनले लकडाउनको २१ दिनका अवधिमा  पाँच अर्बको दुग्धजन्य सामग्री मौज्दात भएको जनाएको छ ।

एशोसिएशनका महासचिव प्रल्हाद दाहालका अनुसार दूध र दुग्धजन्य वस्तुको खपत बढी हुने शहर बजार क्षेत्रमा बस्दै आएका अधिकांश नागरिक गाउँ फर्केकाले दूध र दुग्धजन्य पदार्थको खपत ७० प्रतिशतले घटेको छ ।

दूध र दुग्धजन्य पदार्थको खपत कम भएपछि आज सातै प्रदेशका अध्यक्षसँग भिडियो कन्फ्ररेन्स गरेर एशोसिएशनले विभिन्न निर्णयसमेत गरेको छ ।

सरकारले अन्य क्षेत्रका व्यवसायमा जस्तै शून्य ब्याजमा ऋण, भ्याट तथा कर छुट, तत्काल पशुलाई खुवाउने दानाको व्यवस्थापन र दूध खेर जाँदा त्यसको उचित व्यवस्थापन गर्न एशोसिएशनले माग गरेको छ ।

दूध बिक्री नहुँदा किसानलाई दिनुपर्ने भुक्तानी र कर्मचारीको तलबमा समस्या भएको बताउँदै दाहालले सरकारले घरभाडा छुटको घोषणा गरेता पनि कार्यान्वयन नभएको गुनासो गरे ।

एशोसिएशनले वाग्मती प्रदेश सरकारले राहत प्याकेजमा आधा किलोको दरमा घ्यू समावेश गराउने निर्णय गरे जस्तै अन्य प्रदेशलाई समेत राहत प्याकेजमा समावेश गर्न आग्रह गरेको छ ।

दूधको खपत कम भएपछि दुग्ध उद्योगलाई सामान राख्न भण्डार क्षमतासमेत नभएको उनले बताए ।

डेरी एशोसिएसनको तथ्यांकानुसार नेपालमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुने गरेकामा औपचारिक क्षेत्रमा १७ र अनौपचारिक क्षेत्रमा ३३ प्रतिशत खपत हुँदै आएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ७ : ४५ बजे

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको खेलमा नेपालले

विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा

पर्सा – वीरगञ्जका उद्योगी/व्यवसायीले अघोषित विद्युत् भार कटौती र विद्युत्

नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

नेपालको दोस्रो विकेट गुम्यो, भीम सार्की २७ रन बनाएर आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

गण्डकीको बजेटमा माओवादीको असन्तुष्टि, सदन अवरुद्ध गर्ने चेतावनी

पोखरा – गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको