स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको संख्या १८ हजार नाघ्यो « Khabarhub

स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको संख्या १८ हजार नाघ्यो


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १८ हजार नाघेको छ ।

मंगलबार स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १८ हजार ५६ पुगेको छ ।

स्पेनमा कोरोना भाइरसको कारण आजमात्रै समाचार तयारपार्दासम्म ३०० जनाको ज्यान गएको छ ।

अघिल्लो दिन स्पेनमा एकैदिन मृत्यु हुनेको संख्या घटे पनि पछिल्लो २४ घण्टामा पुनः बढेको हो । यससँगै कोरोना भाइरसबाट स्पेनमा मृत्यु हुनेको समग्र संख्या १८ हजार ५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा स्पेनमा तीन हजार ४५ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै स्पेनमा समग्र संक्रमितको संख्या पनि एक लाख ७२ हजार नाघेको छ ।

स्पेन युरोपमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित मुलुक हो । जोन्स हप्किन्स युनिभर्सिटीकाअनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट १९ लाख ३४ हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने एक लाख २० हजार भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण चीन हुँदै अहिले अमेरिका आक्रान्त बनेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ७ : ५० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै