र्‍यापिड टेष्टमा कोरोना देखिएका धादिङका बिरामीलाई अस्पतालमा पुर्‍याउन समस्या, एम्बुलेन्स चालक सम्पर्कविहीन « Khabarhub

र्‍यापिड टेष्टमा कोरोना देखिएका धादिङका बिरामीलाई अस्पतालमा पुर्‍याउन समस्या, एम्बुलेन्स चालक सम्पर्कविहीन


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धादिङको ज्वालामुखी गाउँपालिकामा र्‍यापिड डाइग्रोस्टिक टेष्ट (आरडीटी) बाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका बिरामीलाई अस्पताल लैजान समस्या भएको छ ।

दिउँसो तीन बजे नै र्‍यापिट टेष्टको नतिजामा कोरोना संक्रमण पोजेटिभ देखिए पनि बिरामीलाई जिल्ला अस्पतालमा लगिएको छैन ।

गाउँपालिकामै एम्बुलेन्सको व्यवस्था भएपनि एम्बुलेन्स चालक सम्पर्क विहीन भएपछि बिरामीलाई जिल्ला अस्पतालमा ल्यैजान समस्या परेको गाउँपालिकाका अध्यक्ष विनोद तिमल्सिनाले बताए ।

‘र्‍यापिट टेष्टमा पोजेटिभ देखिएपछि जिल्ला अस्पतालमा लगेर स्वाब संकलन गरी पीसीआर विधिबाट टेष्ट गर्न नमूना काठमाडौं पठाउनु पर्ने छ ।,’ गाउँपालिकाका अध्यक्ष तिमल्सिनाले खबरहबसँग भने, ‘गाउँपालिकामा एम्बुलेन्स त थियो तर चालक नै सम्पर्क विहीन भए । त्यसैले अहिलेसम्म बिरामीलाई अस्पताल पुर्‍याउन सकिएको छैन ।’

उनले प्रहरीको रोहवरमा बिरामीलाई मोटरसाइलकमा भने पनि जिल्ला अस्पताल पठाउने तयारी गरिएको जानकारी दिए ।

‘एम्बुलेन्स चालकले मानेन भनेपछि बिरामीलाई मोटरसाइकलमा भनेपनि जिल्ला अस्पताल पुर्‍याउनु भनेर प्रहरीको असही र स्वास्थ्यकर्मीलाई त्यहा पठाएको छु, गाउँपालिकाका अध्यक्ष तिमल्सिनाले बताए ।

गाउँपालिकाका अध्यक्ष तिमल्सिनाका अनुसार २७ वर्षीया युवा ४० दिन अघि कोरियाबाट नेपाल फर्किएका हुन् । र्‍यापिट टेष्टमा कोरोना पोजेटिभ आए पनि उनमा कोरोनाको कुनै लक्षण नभएको उनको भनाइ छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ८ : २६ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको