तातोपानी नाकाबाट आयात–निर्यात सहज बनाउने निर्णय « Khabarhub

तातोपानी नाकाबाट आयात–निर्यात सहज बनाउने निर्णय


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- नेपाल र चीनका सरकारी अधिकारीबीच तातोपानी नाकाबाट स्वास्थ्य सामग्री र अत्यावश्यक खाद्यान्न आयात–निर्यात सहज रूपमा गर्ने निर्णय भएको छ । सीमा क्षेत्रमा भएको नियमित बैठकमा सो निर्णय भएको हो ।

बैठकको निर्णयबारे जानकारी दिँदै सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले अब नेपाली पक्ष सामान ढुवानी गर्न पहिले जसरी खासा पुग्न नपर्ने बताए ।

मितेरी पुलपारि चिनियाँ क्षेत्रमा सामान ढुवानी गर्न जाने नेपालीको हेल्थ सटिर्फिकेट अनिवार्य गरिएको छ । सामान ढुवानी गर्न जाने कन्टेनरका चालक, सहचालक र मजदूरले जाङ्मुपोर्टको भन्सार यार्ड प्रवेश गर्नुपूर्व हेल्थ सटिर्फिकेट देखाउनुपर्नेछ ।

“चिनियाँ पक्षले न्यालमबाट ल्याएका सामान मितेरी पुलपारि भन्सार यार्डमा अनलोड गर्ने र नेपाली कन्टेनरमा लोड गरेर लार्चास्थित सुक्खा बन्दरगाहमा ल्याएर जाँचपास गर्ने निर्णय भएको छ”, बैठकमा अध्यक्षता गरेका सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी ढकालले भने ।

चिनियाँ पक्षले मितेरी पुलसँगै जोडिएको भन्सार यार्डमा सामान ल्याएर नेपाली पक्षलाई दिनेछन् । मितेरी पुलपारि भन्सार यार्डमा सामान आएपछि लार्चास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई चिनियाँ भन्सारले जानकारी गराउनेछ । पूर्वजानकारीअनुसार सामान डेलिभरी गर्ने व्यवस्था भन्सार कार्यालयले गर्नेछ ।

दुवै देशका नागरिकले मितेरी पुल पार गर्दा हेल्थ सटिर्फिकेट देखाउनुपर्नेछ । सीमामा नेपाल–चीन दुवैपट्टि हेल्थ डेस्क स्थापना गरिएका छन् । चीनका तर्फबाट स्वशासित क्षेत्र तिब्बतको न्यालम जिल्लाका सिडियो मिस्टर फेङ लि वीलगायत सातजना सहभागी थिए । नेपालतर्फ ढकालसहित सुरक्षा निकाय, अध्यागमन, भन्सार, जिल्ला जनस्वास्थ्य र क्वारेन्टाइनका प्रमुख गरी नौ सदस्य सहभागी थिए ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ९ : १४ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको