एनसेलले पनि सुरु गर्‍यो कोरोना भाइरसको सर्बेक्षण « Khabarhub

एनसेलले पनि सुरु गर्‍यो कोरोना भाइरसको सर्बेक्षण


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले पनि कोरोना भाइरसको संक्रमितहरुको सर्बेक्षण सुरु गरेको छ ।

एनसेलले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको सहकार्यमा सरकारलाई कोरोना भाइरस संक्रमितहरुको पहिचानमा सहयोग पुर्‍याउँन बुधवार (वैशाख ०३) देखि यूएसएसडी माध्यमबाट सर्वेक्षण शुरु गरेको हो ।

उक्त सर्वेक्षणमा एनसेलका ग्राहक तथा सर्वेक्षणमा भाग लिने व्यक्तिले यूएसएसडी कोड एस्ट्रिक्स १७१०० ह्यास डायल गरी कोरोना भाइरस रोगसँग सम्बन्धित पाँच वटा प्रश्नहरुको जवाफ आफ्नो स्वास्थ्य स्थिती अनुसार १ वा २ विकल्प छानेर दिन सक्नेछन् ।

प्रश्नहरुको उत्तर दिएपछि यो सर्वेक्षणमा भाग लिएको व्यक्तिलाई तत्काल उसको स्वास्थ्यको अवस्थालाई मिल्ने सुझाव सहित सरकारले तोकेको हेल्पलाइन नम्बरहरु र एनसेलको हटलाइन नम्बर ९८०१५७५००५ उल्लेख भएको एसएमएस प्राप्त हुन्छ ।

हटलाइन नम्बरमा कोरोना भाइरस सम्बन्धि चिकित्सकसँग निःशुल्क परामर्श लिन सकिन्छ ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ९ : ०२ बजे

विपद्को पूर्वसूचना आयो, तर गम्भीरता बुझ्न नसक्दा विध्वंस

त्रिशूली – बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका–१ ढुङ्गेका छत्र प्याकुरेल

एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ

गण्डकी– गत भदौ महिनामा कास्कीमा ५६ जना फरार प्रतिवादी पक्राउ

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज ५ गते सोमबार सन् २०२६