‘स्पाइडर म्यान’ का निर्देशकले ‘डक्टर स्ट्रेन्ज मल्टिभर्स अफ म्याडनेस’ निर्देशन गर्ने | Khabarhub Khabarhub

‘स्पाइडर म्यान’ का निर्देशकले ‘डक्टर स्ट्रेन्ज मल्टिभर्स अफ म्याडनेस’ निर्देशन गर्ने


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – मार्भलको फिल्म ‘डक्टर स्ट्रेन्ज’ को दोस्रो भाग ‘स्पाइडर म्यान’ सिरिजका निर्देशक साम रैमीले गर्ने भएका छन् । मार्भलले फेज ४ का लागि फिल्म घोषणा गरिसकेको छ । तीमध्ये ‘डक्टर स्ट्रेन्ज २’ पनि प्रतीक्षितमध्ये एक हो ।

फिल्मको पहिलो भाग स्कट डेरिसक्सनले निर्देशन गरेका थिए । मार्भल र स्कटबीच केही कुरामा विचार नमिल्दा उनले यो फिल्मको निर्देशनबाट हात झिकेका थिए ।

अब स्कटको सट्टा साम रैमीको निर्देशन देख्न सकिनेछ । मार्भलले पहिलो स्पाइडर म्यान सिरिजको निर्देशन गरेका थिए । मार्भलले रैमीलाई नै उत्कृष्ट निर्देशक मान्दै निर्देशनको जिम्मा दिएको हो ।

यो फिल्म पहिले सन् २०२१ को मेमा रिलिज हुने भनिएको थियो । अब भने यो फिल्म नोभेम्बरमा रिलिज हुनेछ ।

यसको पहिलो भागलाई दर्शकले रुचाएका थिए । यो फिल्मको कहानी नेपालसँग पनि लिंक भएका कारण नेपाली दर्शकमाझ पनि प्रतीक्षित छ ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  १ : १८ बजे

‘करिब चार लाख ५० हजार अफगानी इरानबाट स्वदेश फिर्ता’

एजेनसी – इरानले आवश्यक कागजात नभएका व्यक्तिहरूलाई जुलाई ६ सम्म

रविका नाममा रास्वपाको हस्ताक्षर अभियानबारे सूर्य थापाले भने- राजनीतिक प्रोपोगाण्डाले अदालतको आदेश फेरिँदैन

काठमाडौं- नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा क्षत्रीले सहकारीको बचत

पूर्वप्रधानमन्त्री हसिनाविरुद्धको हत्या मुद्दा खारेज गर्न माग

ढाका– बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराधमा लगाइएको अभियोग खारेज

गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – गृहमन्त्री रमेश लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्री इग्नाजिओ डानियल

गर्मीबाट छाला जोगाउन अपनाउनुहोस् यी पाँच घरेलु उपाय

काठमाडौं– गर्मीमा छालाको अधिकतम हेरचाह गर्न आवश्यक छ। कडा घाम