कञ्चनजङ्घा आरोही ब्राउनको निधन « Khabarhub

कञ्चनजङ्घा आरोही ब्राउनको निधन


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको दोस्रो अग्लो हिमशिखर कञ्चनजङ्घाका प्रथम आरोही जोइ ब्राउनको बेलायती समयानुसार आज बिहान निधन भएको छ ।

आफ्नै निवास वेल्सस्थित लियानबेरिसमा ८९ वर्षका उमेरमा निधन भएको ब्राउनका महिला साथी तथा उनको प्रसिद्ध ब्राउन सपकी सञ्चालिका क्याथी क्यासीले राससलाई इमेलबाट जानकारी दिइन । उनी केही समयदेखि बिरामी थिए ।

कञ्चनजङ्घाको प्रथम आरोहण गर्नेमा ब्राउन र उनका साथी जर्ज ब्याण्ड थिए । ब्याण्डको पनि सन् २०११ अगष्ट २६ मा निधन भइसकेको छ ।

उनीहरुले आठ हजार ५५६ मिटर अग्लो विश्वको तेह्रौँ अग्लो शिखर कञ्चनजङ्घाको प्रथम आरोहण विसं २०१२ जेठ ११ गते (सन् १९५५ मे २५) मा गरेका थिए ।

साथी ब्याण्डसँग एकैपटक कञ्चनजङ्घा शिखरमा पुगेका ब्राउनले ‘द हार्ड इयर्स’ (कठिन वर्षहरु) शीर्षक आत्मकथा सन् १९६७ मा प्रकाशन गरेका थिए।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  १० : ११ बजे

इनिशा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन

झापा– सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा

नवलपरासी कारागारका १८० कैदी अझै फरार

बर्दघाट सुस्ता पश्चिम-  ‘जेन-जी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी

ग्लोबल आईएमई बैंकद्वारा ग्लोबल मनि विकको अवसरमा विद्यार्थी तथा युवा लक्षित कार्यक्रम आयोजना

काठमाडौं– ग्लोबल आइएमई बैंकले ग्लोबल मनि विकको अवसरमा विद्यार्थी तथा युवा

म्याग्दीको रणवाङ–दरवाङ सडकखण्ड ६ वर्षदेखि अलपत्र

म्याग्दी– म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड अलपत्र बनेको

ट्रम्पलाई झट्का, अस्ट्रेलियाले होर्मुज स्ट्रेटतर्फ युद्धपोत पठाउन मानेन

ब्रिसबेन- अष्ट्रेलियाले होर्मुज जलडमरूमध्यमा आफ्ना युद्धपोत नपठाउने स्पष्ट पारेको छ।