केन्द्र सरकारले सुदूरपश्चिमका लागि पठायो ३४ चिकित्सक « Khabarhub

केन्द्र सरकारले सुदूरपश्चिमका लागि पठायो ३४ चिकित्सक


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाम र संक्रमितको उपचारका लागि केन्द्र सरकारले सुदूरपश्चिम प्रदेशका लागि ३४ जना चिकित्सकहरु पठाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले परिचालन गर्ने गरी ३४ जना चिकित्सकहरु पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा एमडी/एमएस अध्ययनरत आवासीय चिकित्सकहरुलाई सुदूरपश्चिममा खटाएको हो । उनीहरु शुक्रबार नै यति एयरलाइन्सको चार्टर्ड जहाजमार्फत धनगढी पुगिसकेका छन् ।

खटाइएका ३४ जनामध्ये १३ जना धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा, ४ जना कञ्चनपुरस्थित महाकाल् अस्पतालमा परिचालन गरिने छ । बाँकी चिकित्सकहरुलाई ७ पहाडी जिल डडेल्धुरा, डोटी, बैतडी, अछाम, बाजुरा, बझाङ र दार्चुला तथा कैलालीको टीकापुरमा परिचालन गरिने सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा हालसम्म ५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । पाँचै जना संक्रमितको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ४ : १४ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर