अफ्रिकाका तीन लाख मानिस महामारीको जोखिममा रहेको डब्ल्युएचओको चेतावनी « Khabarhub

अफ्रिकाका तीन लाख मानिस महामारीको जोखिममा रहेको डब्ल्युएचओको चेतावनी


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले अफ्रिकाका ३ लाख भन्दा बढी मानिस कोरोना भाइरस संक्रमणको जोखिममा रहेको चेतावनी दिएको छ ।

कोरोना भाइरसको विश्वव्यापी महामारीको अबको इपिसेन्टर अफ्रिका बन्न सक्ने भन्दै डब्ल्युएचओले उक्त चेतावनी दिएको हो ।

कोरोना भाइरसको महामारीबाट अफ्रिकामा कम्तिमा तीन लाख मानिसको ज्यान जाने सक्ने र ३ करोड मानिसहरु गरिवीको चपेटामा पर्न सक्ने संयुक्त राष्ट्रसंघका अधिकारीले समेत आकलन गरिसकेका छन् ।

अफ्रिकामा अहिले एक हजार भन्दाबढी मानिसले कोरोना भाइरसबाट ज्यान गुमाइसकेका छन् भने १९ हजार भन्दाबढीमा संक्रमण पुष्टि भइसकेको छ ।

अहिलेसम्म अफ्रिकामा संक्रमण दर युरोप र अमेरिकामा भन्दाकम भए पनि बेलैमा सावधानी नअपनाए त्यहाँको अवस्था पनि भयावह हुन सक्ने चेतावनी दिइएको हो ।

भाइरसको संक्रमण अफ्रिकाका राजधानी भन्दा बाहिर फैलिने सम्भावना बढ्दै गएको डब्ल्युएचओले बताएको छ । अफ्रिकी देशहरुमा भेन्टिलेटरको अभाव रहेकाले पनि चिन्ता थप भएको डब्ल्युएचओले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको अफ्रिकी आर्थिक कमिसनले सम्भावित महामारी नियन्त्रणमा लिनका लागि एक खर्ब अमेरिकी डलर बराबरको बजेट चाहिने उल्लेख गरेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ७ : ५० बजे

घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

काठमाडौं : सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार

प्रधानमन्त्रीको फेसबुके ब्रिफिङ झूटो : नुवाकोटको देवीघाटमा बेलिब्रिज त के, तुइनसमेत राखिएको छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा सरकारले तीव्र गतिमा

चीनले भन्यो : रसुवा सीमाक्षेत्रको मौसमको जानकारी नेपाललाई दैनिक दिइरहेका छौँ

काठमाडौं- नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक