अफ्रिकाका तीन लाख मानिस महामारीको जोखिममा रहेको डब्ल्युएचओको चेतावनी « Khabarhub

अफ्रिकाका तीन लाख मानिस महामारीको जोखिममा रहेको डब्ल्युएचओको चेतावनी


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले अफ्रिकाका ३ लाख भन्दा बढी मानिस कोरोना भाइरस संक्रमणको जोखिममा रहेको चेतावनी दिएको छ ।

कोरोना भाइरसको विश्वव्यापी महामारीको अबको इपिसेन्टर अफ्रिका बन्न सक्ने भन्दै डब्ल्युएचओले उक्त चेतावनी दिएको हो ।

कोरोना भाइरसको महामारीबाट अफ्रिकामा कम्तिमा तीन लाख मानिसको ज्यान जाने सक्ने र ३ करोड मानिसहरु गरिवीको चपेटामा पर्न सक्ने संयुक्त राष्ट्रसंघका अधिकारीले समेत आकलन गरिसकेका छन् ।

अफ्रिकामा अहिले एक हजार भन्दाबढी मानिसले कोरोना भाइरसबाट ज्यान गुमाइसकेका छन् भने १९ हजार भन्दाबढीमा संक्रमण पुष्टि भइसकेको छ ।

अहिलेसम्म अफ्रिकामा संक्रमण दर युरोप र अमेरिकामा भन्दाकम भए पनि बेलैमा सावधानी नअपनाए त्यहाँको अवस्था पनि भयावह हुन सक्ने चेतावनी दिइएको हो ।

भाइरसको संक्रमण अफ्रिकाका राजधानी भन्दा बाहिर फैलिने सम्भावना बढ्दै गएको डब्ल्युएचओले बताएको छ । अफ्रिकी देशहरुमा भेन्टिलेटरको अभाव रहेकाले पनि चिन्ता थप भएको डब्ल्युएचओले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको अफ्रिकी आर्थिक कमिसनले सम्भावित महामारी नियन्त्रणमा लिनका लागि एक खर्ब अमेरिकी डलर बराबरको बजेट चाहिने उल्लेख गरेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ७ : ५० बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर