कोरोना महामारीकाबीच उत्तर कोरियाली शासक किम बिरामी भएको रिपोर्ट, महत्वपूर्ण कार्यक्रममा गएनन् | Khabarhub Khabarhub

कोरोना महामारीकाबीच उत्तर कोरियाली शासक किम बिरामी भएको रिपोर्ट, महत्वपूर्ण कार्यक्रममा गएनन्


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर कोरोना भाइरसको महामारीका कारण लाखौ मानिस संक्रमित भएका छन् ।

शनिवार साँझ सम्ममा २२ लाख ६९ हजार भन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १ लाख ५५ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ ।

विश्वका अधिकांश देश र भूभागमा कोरोना भाइरसको संक्रमण देखिएको छ । केही साना देश र भुभागमा मात्र संक्रमण पुष्टि भएको छैन ।

एशियाली मुलुक उत्तर कोरियाले पनि आफ्नो देशमा कोरोना भाइरस संक्रमित नभएको दाबी गर्दै आएको छ । कोरियाले आफ्नो देशलाई कोरोना फ्री नै घोषणा गरेको छ ।

तर चीन र दक्षिण कोरिया जस्ता कोरोना प्रभावित देशसँग सीमा जोडिएको उत्तर कोरोना संक्रमणबाट बच्न सक्नु रहस्यमय भएको बताउनेको संख्या कम छैन ।

निरंकुश कम्युनिष्ट शासन रहेको उत्तर कोरियामा कोरोना भाइरस देखिएको छैन भनिएको भएपनि एउटा महत्वपूर्ण कार्यक्रममा शाशक किम जोन उन उपस्थित नभएपछि सर्वत्र चासो व्यक्त गरिएको छ ।

उनी कोरोना संक्रमणका कारण उपस्थित नभएको हुनसक्ने अनुमान गरिएको समाचारहरु सार्वजनिक भएको छ ।

देशको महत्वपूर्ण कार्यक्रममा उनको अनुपस्थितिलाई लिएर अन्तर्राष्ट्रिय जगतमा विभिन्न प्रश्नहरु उठेका छन् ।

अन्तर्राष्ट्रिय मिडियाले स्रोतको हवाला दिँदै किम जोङ उन बिरामी भएको र उनी घरबाट बाहिर निस्किने अवस्थामा नरहेको आशंका गरेका छन् ।

उत्तर कोरियाले बुधबार आफ्ना संस्थापक नेता र किम जोंगका हजुरबुवा किम इल सुंगको जयन्ती मनाएको थियो । यो दिनलाई उत्तर कोरियामा राष्ट्रिय दिवसको रुपमा मनाइन्छ र देशैभरी सार्वजनिक विदा दिइन्छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार कमसुसन प्यालेसमा बनाइएको किम इल सुंगको समाधिमा पुष्प अर्पण गर्नको लागि बुधबार देशका सबै शीर्ष नेता र अधिकारीहरु पुगेका थिए तर किम भने उपस्थित थिएनन् ।

यसअघिका वर्षहरुमा भने यो दिन किम सधैं त्यहाँ पुग्थे र केही समय बिताउँथे । किमले त्यहाँ गर्ने गतिविधिलाई मिडियामा प्रमुखताका साथ देखाइन्थ्यो तर यस वर्ष भने मिडियामा जारी गरिएका फोटो र भिडियोमा किम जोंग थिएनन् । यससँगै ३६ वर्षका किम जोंग उनको स्वास्थ्यलाई लिएर आशंका सुरु भएका हुन् ।

कतिपयले उनलाई विश्वमहामारी कोरोनाको संक्रमण भएको हुनसक्ने अनुमानहरु गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ६ : ५८ बजे

विमलाको ह्याट्रिक, आर्मी सेमिफाइनलमा

झापा- विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा एफसीलाई

एसएसपी प्रकाश रानाभाटको राजीनामा स्वीकृत

काठमाडौं – नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटको राजीनामा

रास्वपाको विस्तारित बैठक शुक्रबारदेखि, पाँच सय बढी प्रतिनिधि सहभागी हुने

चितवन– चितवनको सौराहामा शुक्रबारदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को

चलचित्र क्षेत्रको श्रीवृद्धिका लागि सरकार प्रतिबद्ध छः सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार समग्र

१२ लाख लाइसेन्स छापिँदै, ६ महिनाभित्र वितरण गरिने

काठमाडौँ । यातायात व्यवस्था विभागले शुक्रबारदेखि सवारीचालक अनुमति पत्र (लाइसेन्स)