झापाको मस्जिदमा कोरोना परीक्षण गरिएका १४ जनाको रिपोर्ट ‘नेगेटिभ’ « Khabarhub

झापाको मस्जिदमा कोरोना परीक्षण गरिएका १४ जनाको रिपोर्ट ‘नेगेटिभ’


७ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – उदयपुरको एक मस्जिदमा एकैसाथ १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि देशैभरिका मस्जिदमा सरकारले निगरानी बढाएको छ ।

कोरोनाको जोखिम नियन्त्रण गर्न जारी बन्दाबन्दीका क्रममा एकैसाथ यतिका सङ्ख्यामा सङ्क्रमित भेटिएपछि पूर्वका मस्जिदसहित सीमा तथा आवतजावतमा सरकारले थप निगरानी बढाएको हो ।

यसैक्रममा शनिबार दमक–६ स्थित जामे मस्जिदमा रहेका ११ भारतीय धर्मगुरुसहित १४ को आरडीटी परीक्षण गरिएको दमक नगरपालिकाले जनाएको छ ।

आरडीटी परीक्षणको रिपोर्ट भने सबैको नेगेटिभ आएको नगरपालिकाका प्रवक्ता गीता अधिकारीले वताइन् ।

उपप्रमुखसमेत रहेकी प्रवक्ता अधिकारीका अनुसार सबैको रिपोर्ट नेगेटिभ आएपछि डराउनुपर्ने अवस्था आएको छैन ।

उनीहरु दुई महिनाअघि नै नेपाल आएको खुलेको छ । कोरोना सङ्क्रमण हुन नदिन सरकारले बन्दाबन्दी जारी राखेपछि भारत फर्कन नपाएको उनीहरुले बताउँदै आएका छन् ।

उनीहरु केही दिनयता मस्जिदमै सेल्फ क्वारेन्टाइनमा छन् । देशका विभिन्न मस्जिदमा कोरोनाका बिरामी भेटिन थालेपछि दमकको मस्जिदमा समेत निगरानी बढाउन नगरवासीले आवाज उठाउँदै आएका थिए ।

यसैगरी शनिबार नै मस्जिदमा रहेका बाहेक इलाका प्रहरी कार्यालय दमकको थुनामा रहेका कैदी र प्रहरी गरी पाँच, क्वारेन्टाइनका एक र आम्दा अस्पतालबाट एक बिरामी गरी २१ जनाको आरडीटी परीक्षण गरिएको थियो ।

तीमध्ये चार जनाको थप स्वाब परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रवक्ता अधिकारीले जानकारी दिइन् ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ८ : ४८ बजे

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब

कर्मचारीलाई जिम्मेवारीप्रति प्रतिबद्धता र इमानदार भएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले मन्त्रालयको समग्र

रवि लामिछानेको अर्को तारिख वैशाख १५ गते

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला अदालत काठमाडौंमा

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं– देशका विभिन्न भागमा शनिबार र आइतबार भएका छुट्टाछुट्टै सडक

पूर्वप्रधानमन्त्रीहरूसहित शीर्ष नेताको सम्पत्ति छानबिन सुरू

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्रीहरूसहित उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति